जापानमा कोरोना भाइरसको संक्रमण उच्च, टोकियो पनि न्युयोर्ककै अवस्थामा पुग्ने खतरा « Khabarhub

जापानमा कोरोना भाइरसको संक्रमण उच्च, टोकियो पनि न्युयोर्ककै अवस्थामा पुग्ने खतरा


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  जापानमा कोरोना भाइरसका संक्रमित दैनिक दोब्बरले बढ्न थालेपछि अमेरिकाको न्युयोर्कको अवस्था बन्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

समाचार संस्था सीएनएनका अनुसार मार्चको अन्तिम दिन जापानको टोकियोमा ४० जना संक्रमित देखिएकामा त्यसयता विहिबार ९७ जना र शुक्रबार ८९ जना नयाँ संक्रमित देखिएका छन् ।

कोवे विश्वविद्यालयका संक्रमण नियन्त्रण विज्ञ केनटारो लावटाले  टोकियोमा अहिलेकै दरमा संक्रमण फैलदै गए अवस्था भयाभव हुने चेतावनी दिएका छन् ।

‘जापान सरकारले अहिले नै संक्रमण रोकथामका लागि तत्कालै कदम चाल्न जरुरी छ, सरकारी वेवास्ताले गलत बाटो लिइरहेको छ,’ लावटाले भने,’ यही अवस्था भए टोकियो अर्को न्युयोर्क हुनसक्छ ।’

न्युयोर्कमा मात्रै कोरोना भाइरसको संक्रमणबाट २९ सय मानिसको मृत्यु भइसकेको छ ।

जापानमा कोरोना भाइरसबाट शुक्रबार अवेरसम्म ७४ जनाको मृत्यु भएको छ भने ३ हजार ३२९ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : ०० बजे

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त