युरोपियन मुलुकले आज ११ सयभन्दा बढी आफ्ना नागरिकलाई नेपालबाट फर्काउँदै | Khabarhub Khabarhub

युरोपियन मुलुकले आज ११ सयभन्दा बढी आफ्ना नागरिकलाई नेपालबाट फर्काउँदै


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लकडाउनले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई जर्मनी र फ्रान्स लगायतलका युरोपियन मुलुकले आज पनि स्वदेश फर्काउँदैछन् ।

उनीहरुलाई विभिन्न ४ वटा चाटर्ड विमानमार्फत स्वदेश फर्काउन लागिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार कतार एयरवेजको दुई वटा चाटर्ड फ्लाइट,  श्रीलंकाको मालिन्दो एयरलाइन्स र एउटा मलेसियन एवरलाइन्सबाट ११ सय भन्दा बढी युरोपियन मुलुकका नगारिक स्वदेश फिर्ता हुन लागेका हुन् ।

स्वदेश फर्कनेमा फ्रान्स, जर्मनी, चेक रिपब्लिक, अष्ट्रिया लगायतका मुलुकका नागरिक छन् । फ्रान्सका नागरिक लिएर जाने विमानमा १० प्रतिशत अन्य युरोपियन देशका नागरिक पनि हुने बताइएको छ।

कतार एयरवेजको विमान दोहा हुँदै पेरिस जानेछ भने जर्मनी जाने विमानमा २० प्रतिशत अन्य युरोपियन देशका नागरिक हुनेछन् ।

यसअघि जर्मनीले नेपालबाट दुईपटक र फ्रान्सले एकपटक चार्टर्ड विमानमार्फत आफ्ना नागरिक स्वदेश फर्काइसकेका छन् ।

अस्ट्रेलिया, नेदरल्यान्ड्स र अमेरिकाले पनि विमान चार्टर्ड गरि नेपालबाट आफ्ना नागरिक लगेका छन्। अमेरिका र दक्षिण कोरियाले आइतबार पनि नेपालबाट आफ्ना नागरिक फिर्ता लैजाँदै छन्।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १० : ५६ बजे

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू

के पातलो मान्छे साँच्चै स्वस्थ हुन्छन त ?

काठमाडौं–  प्रायः मानिसहरू सोच्छन् कि यदि कोही पातलो छ भने