कोरोना सर्ने डरले गम्भीर रोगका बिरामी पनि घरमै, ढुक्कसँग अस्पताल आउन चिकित्सकको आग्रह | Khabarhub Khabarhub

कोरोना सर्ने डरले गम्भीर रोगका बिरामी पनि घरमै, ढुक्कसँग अस्पताल आउन चिकित्सकको आग्रह


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–  कोरोना भाइरस (कोभिड –१९ ) को सम्भावित जोखिमले विरामी सकेसम्म अस्पताल जान चाहँदैनन् । सो जोखिमले रोग पालेर बसिरहँदा दीर्घरुपमा समस्या पर्न सक्ने भन्दै चिकित्सकले अहिले वढी सजग हुन सुझाव दिएका छन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी कोरोनाको डर हृदयघात भन्दा चर्को जस्तो देखिएको बताउँछन् । उनले भने ‘गत वर्षहरुमा यो समयमा करिव २० जना हृदयरोगका विरामी उपचारका लागि आउने तथ्याङ्क छ । तर अहिले २ जना पनि आउँदैनन् ।’ टेलिफोन गरेर सोधपुछ गर्ने भए पनि रोग पालेर बसेका छन् की भन्ने चिन्ता हुन थालेको डा अधिकारीको भनाइ छ ।

उनले घरमा नै बसेर परामर्शमा औषधि खाएर हुने बाहेक सम्भावित जटिल हुन सक्ने खालका विरामीलाई अस्पताल आउन आग्रह गरे । डा अधिकारीले भने, ‘अस्पताल आउनै पर्ने विरामीले डर मान्नुपर्दैन । उच्च जोखिमका रोग पालेर बस्नुहुँदैन ।’

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार गएको ८ दिनमा जिल्लाका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा ३ हजार ८२९ जना विभिन्न रोगका विरामीले सेवा लिएका थिए । ती मध्ये ८५० जना ज्वरोका र ६२ जना रुघाघोकिका रहेका थिए । गतवर्ष यतिवेला जिल्लाका अस्पतलाहरुमा ७ हजार भन्दा बढि विरामीले सेवा लिएका थिए ।

जिल्लामा केन्द्रीयस्तरको भरतपुर अस्पताल, २ नीजि मेडिकल कलेज, २० नीजि अस्पताल, ३ सरकारी अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, २५ वटा ग्रामिण शहरी स्वास्थ्य केन्द्र र ५ वटा सामुदायिक इकाई रहेका छन् । डा तिवारी घरबाटै चिकित्सक तथा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने काम भइरहेको र अस्पताल आउँन डर मानेर पनि विरामी नआएको हुन सक्ने बताउँछन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल गतबर्ष यस समयमा दैनिक दैनिक १ हजार ५ सय भन्दा वढि विरामी आउने गरेको भए पनि शुक्रबार १५० जना बिरामी मात्र आएको बताउँछन् । त्यति नै सङ्ख्यामा बिरामी आउने चितवन मेडिकल कलेजमा शुक्रबार करिव १ सय जना मात्र विरामीले सेवा लिएका थिए ।

कलेजका निर्देशक डा. दयाराम लम्सालले चिकित्सकले सेवा जारी राखेको जानकारी दिँदै लकडाउन पछि त विरामी नै आउन छाडेको बताए । जटिल रोगका बिरामीलाई घरमा नै रोग पालेर नबस्न डा लम्साल आग्रह गर्छन् ।

भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडे चिकित्सकले आफ्नो सेवा निरन्तर जारी राखेको बताउँछन् । टेलिफोनमा बुझेर अस्पताल आउनै पर्नेलाई ढुक्कसंग आउन उनले आग्रह गरे ।

नेपाल चिकित्सक सङघ चितवनका अध्यक्ष एवम् बरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडा पुराना रोगहरु मधुमेह, उच्च रक्तचाप, थाइराइड, दम जस्ता समस्यामा सम्बन्धित चिकित्सकसंग परामर्श गरेर औषधि प्रयोग गर्न सुझाब दिन्छन् । दम बढ्यो, अन्य कारणहरुले उच्च ज्वरो आउँदा अस्पताल आउनै पर्ने उनको भनाइ छ । ज्वरो कोरोनाका कारण मात्र नभए डेंगु, मलेरीया, स्क्रबटाईफस, हेपाटाईटिस जस्ता कारणले पनि हुने भएकाले कारणको खोजि गर्नु पर्ने उनी बताउँछन् ।

नेपाल पत्रकार महासङघका अध्यक्ष राधेश्याम खतिवडा मानिसहरुमा कोरोना भाइरसबारेको भ्रमका कारण जोखिम बढेको बताउँछन् । ‘बाहिर सर्बसाधारणमा चिकित्सकले बिरामी छुदैंनन्, अस्पतालले भर्ना लिदैनन् र ढोकाबाटै फर्काउँदछन्’ भन्ने हल्लाका कारण विरामी अस्पताल नआउने गरेको उनको बुझाइ छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १२ : १९ बजे

नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड-आधारित विप्रेषण सेवाका लागि समझदारी

काठमाडौं– नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो)

सिन्धुली बस दुर्घटना अपडेट – दुईजनाको मृत्यु, २३ जना घाइते, गम्भीर अवस्थाका दुईलाई धरान पठाइयो

  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित मदन भण्डारी राजमार्गमा सोमबार दिउँसो ३

अर्थसंक्षेप : ३७ अंकले बढ्यो सेयर बजार, बाढीमा मृत्यु भएकाको परिवारलाई २ लाख राहत

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले बढेको छ ।

हमासको आक्रमणमा नेपाललाई लागेको घाउ पुरिन बाँकी छ : एनपी साउद

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहको आक्रमणमा नेपाललाई पुगेको

नेपाल एयरलाइन्सले फूलपातीमा काठमाडौं-भैरहवा उडान गर्ने

काठमाडौं– नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको छ