नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो, नयाँ ३ जनामा देखियो संक्रमण « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो, नयाँ ३ जनामा देखियो संक्रमण


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

नेपालमा चौथो संक्रमितको रुपमा कोरोना पोजेटिभ देखिएका कैलालीको धनगढीका युवाकी भाउजुमा कोरोना संक्रमण देखिएको हो ।

यूएईको दुबईबाट नेपाल आएका ३५ वर्षीय युवक चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए । स्वाव संकलन गरी परीक्षण गर्ने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनमा कोरोना पोजेटिभ देखिएसँगै स्थानीय प्रशासनले उनको परिवारका सदस्यहरुलाई समेत आइसोलेसनमा भर्ना गरेको थियो । परिवारका सदस्यहरु सबैको स्वाव संकलन गरी परीक्षण गर्ने क्रममा उनकी भाउजु नाता पर्ने ३४ वर्षीया महिलामा पोजेटिभ देखिएको हो ।

यस्तै, भारतबाट आएका २ अन्य युवामा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएकामध्ये कञ्चनपुरका ४१ वर्षीय पुरुष भने लुकेर सीमा नाकाबाट भित्र छिरेका थिए । भारतको उत्तराखण्डबाट नेपाल भित्रिएका उनी उच्च ज्वरो आए पछि अस्पतालको सम्पर्कमा आएका थिए । अस्पतालले स्वाव संकलन गरी परीक्षणका लागि पठाएको थियो । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । उनीसँगै अन्य करिब ४ जना पनि लुकिछिपी सीमाबाट नेपाल प्रवेश गरेका जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उनीहरुको खोजी भइरहेको जानकारी दिएको छ ।

नयाँ ३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ । जसमध्येका १ जना उपचारपछि निको भएर घर गइसकेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १ : ०७ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक