२४ घण्टासम्म हजार जनाको बीचमा थिए कैलालीका कोरोना संक्रमित युवक | Khabarhub Khabarhub

२४ घण्टासम्म हजार जनाको बीचमा थिए कैलालीका कोरोना संक्रमित युवक


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– शनिबार कोरोना भाइरस संक्रमणको पुष्टि भएका सुदूरपश्चिमका ३ जनामध्ये कैलालीका १ युवकले भारतबाट नेपाल आउँदा १ हजार भन्दा बढी जनाको भिडमा २४ घण्टा विताएको खुलेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका घर भइका २१ वर्षीय युवक गत चैत ११ गते कैलालीको त्रिनगर (गौरीफन्टा) नाकामा जम्मा भएको करिब १ हजार जनाको भिडमा २४ घण्टा बसेर आएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार, सरकारले लकडाउन र सीमा नाका बन्द गरे लगत्तै उनी कैलालीको गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाराबाजीमा उत्रिएको भीडमा सहभागी थिए ।

पछि मन्त्रीपरिषद् बैठकको निर्णयपछि सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बस मार्फत गन्तव्य पठाएको थियो ।

११ गते साँझ नै लम्की पुगेका उनलाई १२ गते बिहान मात्र लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुर सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको थियो ।

उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाइनमा ल्याइएको थियो । नमूना संकलन गरी परिक्षणका लागि काठमाडौं ल्याइएकोमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनमा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिएको हो ।

कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक भएपछि उनलाई अहिले एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पु¥याइएको छ ।

तर, गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका अधिकांश घर गएका छन् । त्यसमध्ये धेरै व्यक्ति भने क्वारेन्टाइनमा नबसी सिधै परिवारको तथा गाउँलेको सम्पर्कमा पुगेका छन् । जसका कारण अहिले सुदूरपश्चिमका ९ वटै जिल्लामा कोरोनो संक्रमणको त्रास बढेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ५ : ०९ बजे

अर्थसंक्षेप : ३७ अंकले बढ्यो सेयर बजार, बाढीमा मृत्यु भएकाको परिवारलाई २ लाख राहत

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले बढेको छ ।

हमासको आक्रमणमा नेपाललाई लागेको घाउ पुरिन बाँकी छ : एनपी साउद

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहको आक्रमणमा नेपाललाई पुगेको

नेपाल एयरलाइन्सले फूलपातीमा काठमाडौं-भैरहवा उडान गर्ने

काठमाडौं– नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको छ

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हरेन्द्र पाठकलाई प्रधानसेनापति

परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्री शीतल निवासमा, राष्ट्रसंघ महासभाबारे ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज