एसईई दिएपछि करिश्मा भन्छिन् – सपना पूरा गर्न आफ्नाहरुको हौसला र साथविना सम्भव छैन « Khabarhub

एसईई दिएपछि करिश्मा भन्छिन् – सपना पूरा गर्न आफ्नाहरुको हौसला र साथविना सम्भव छैन


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री तथा नयाँ शक्ति पार्टीकी नेत्री करिष्मा मानन्धरले आज एसईईको (आइतबार) परीक्षा दिएकी छिन् । एसईईको परीक्षा दिएपछि उनले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै सहयोग र हौसला दिने सबैलाई धन्यवाद दिएकी छिन् ।

एसईईका लागि करिश्माले लामो समयदेखि तयारी गरिरहेकी थिइन् । उनको परीक्षा सेन्टर काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक माविमा परेको थियो । परीक्षा हल प्रवेश गर्नुअघि पत्रकारसँग कुरा गर्दै उनले आफूले राम्रै तयारी गरेको बताइन् ।

स्कूल पोशाकमा कार चढेर परीक्षा दिन पुगेकी करिश्मा केही सिरियस देखिएकी थिइन् । उनले परीक्षा दिइसकेपछि सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट गर्दै सपना सानो या ठूलो जस्तो भए पनि त्यो पूरा गर्न आफ्नाहरुको हौसला र साथविना सम्भव नहुने बताइन् ।

‘सपना सानो होस् या ठूलो पूरा गर्न आफ्नाहरुको हौसला र साथविना सम्भव हुँदैन,’ करिश्माले स्टाटसमा लेखेकी छिन्, ‘शुभकामना दिनुहुने मेरा परिवार र चलचित्र क्षेत्रका परिवार र सम्पूर्ण साथीहरुलाई धन्यवाद ।’

साथै उनले आफूसँग आजै एसईई दिने सबै विद्यार्थीलाई शुभकामना पनि दिएकी छिन् । उनलाई नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले फोनमार्फत शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १२ : ४८ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग