कोरोना भाइरस: अमेरिकामा एकै दिन १ हजार बढीको मृत्यु, करिव ३३ हजार नयाँ संक्रमित « Khabarhub

कोरोना भाइरस: अमेरिकामा एकै दिन १ हजार बढीको मृत्यु, करिव ३३ हजार नयाँ संक्रमित


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ४४४ पुगेको छ ।

अमेरिकामा एकैदिन ३२ हजार ९७२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख १० हजार १३३ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।

अमेरिकामा संक्रमितमध्ये १४ हजार ७४१ जना उपचारपछि निको भएका छन् । ८ हजार २०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २ लाख ८६ हजार ९५० जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ४ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ६७ पुगेको छ ।

एकै दिन ८३ हजार ४९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा ११ लाख ९९ हजार ७ सय ११ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ५ : ४९ बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको