विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ५०१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ७५ पुगेको छ ।

एकै दिन ८३ हजार ७१० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ३७२ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख १० हजार बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ८ हजार ४ सय बढीको ज्यान गएको छ ।

त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । जहाँ ११ हजार ९ सय बढीको ज्यान गएको छ ।

त्यस्तै इटालीमा १५ हजार ३ सय ६२ जनाको ज्यान गएको छ भने १ लाख २४ हजार बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : १८ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

तेल अभिभ- इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग