ब्रमाण्डमा आमाभन्दा ठूलो केहि छैन : चाणक्य « Khabarhub

ब्रमाण्डमा आमाभन्दा ठूलो केहि छैन : चाणक्य


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भारतको ऐतिहासिक मौर्य साम्राज्यलाई स्थापित गर्न महान् भूमिका खेल्ने आचार्य चाणक्य एक महान दार्शनिक, दूरदर्शी लेखक तथा प्रकाण्ड विद्वान मानिन्छन् ।

तक्षशिला विश्वविद्यालयका आचार्य रहेका चाणक्यले अर्थशास्त्र नामक पुस्तक लेखेका थिए । जसमा मौर्यकालमा भएको राजनीतिक व्यवस्थाप्रति प्रकास पारिएको छ । चाणक्यको नीति तथा विचार आज पनि सान्र्दभिक मानिन्छ ।

उनले आफ्नो दर्शनमा चार कुरालाई मुल्यवान् मानेका छन् । चाणक्यले मुल्यवान् मानेका ती चार विषय यी हुन् ः

१. दान भन्दा मुल्यवान् केहि छैन
आचार्य चाणक्यको महावाणी अनुसार यस दुनियामा भोजन र पानी दान जस्तो महादान अरु केहि छैन ।

चाणक्यका अनुसार पानी र भोजन जतिको मुल्यवान् वस्तु विश्वमा अरु कुनै हुदैन । त्यसैले जो व्यक्तिले तिर्खाएको र भोको प्राणीलाई तृप्त गराउँछ त्यो मात्रा पुण्य आत्मा मानिन्छ ।

२. एकादशी जस्तो पवित्र दिन अरु छैन

आचार्य चाणक्यका अनुसार हिन्दु पञ्चांगको ११ एकादशी तिथि सबैभन्दा पवित्र तिथि रहेको छ । उनका अनुसार एकादशी तिथिमा पुजा गर्ने वा उपवास राख्नाले मात्र भगवान विष्णुको विशेष कृपा हुने बताएका छन् । एकादशी तिथि भगवान विष्णुको प्रिय दिन मानिन्छ ।

३. गायत्री मन्त्रभन्दा शक्तिशाली अर्को छैन
आचार्य चाणक्यका अनुसार गायत्री मन्त्र बराबरको शक्तिशाली यस संसारमा अर्काे कुनै शक्ति छैन ।

यो मन्त्र नभई महाशक्तिको उपनाम रहेको चाणक्यले बताएका छन् । त्यसैले चाणक्यका अनुसार गायत्री मन्त्र बराबरको अर्काे कुनै मन्त्र छैन । चारै वेदबाट उत्पत्ती भएकी गायत्रीलाई वेदमाता पनि भनिन्छ ।

४. आमा भन्दा ठूलो अरु कुनै छैन
आचार्य चाणक्यका अनुसार यस ब्रमाण्डमा आमाभन्दा ठूलो अरु केहि छैन । ब्रमाण्डको सबैभन्दा ठूलो मापनमा आमा तुल्य कोहि नहुने चाणक्यले बताएका छन् । उनका अनुसार आमा बराबरको न कुनै देवता, न कुनै तीर्थ र न कुनै गुरु हुन्छन् । त्यसैले जो व्यक्ति आफ्नो मातापिताको नियमित सेवा गर्छ उसले अरु कुनै भगवान, तीर्थ वा शक्तिको उपासना गर्नुपर्दैन ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : ४० बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले