कोरोना कहरः सार्क राष्ट्रमा १५३ जनाको मृत्यु, कहाँ कति ? | Khabarhub Khabarhub

कोरोना कहरः सार्क राष्ट्रमा १५३ जनाको मृत्यु, कहाँ कति ?

भारत र पाकिस्तानमा संक्रमण दर तीव्र, भुटानमा नियन्त्रणउन्मुख


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा शनिबारसम्म १५३ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा ९९, पाकिस्तानमा ४१, बंगलादेशमा ८, अफगानिस्तामा ७ र श्रीलंकामा ५ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या १५३ पुगेको हो ।

माल्दिभ्स र नेपालमा संक्रमणका घटना बढिरहेको भए पनि भुटानको अवस्था नियन्त्रण उन्मुख देखिएको छ । यी देशहरुमा  हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन ।

सार्क राष्ट्रहरुले कोरोनाको रोकथामका लागि उच्च सुरक्षा सतर्कता अपनाइरहेका छन् ।

कोरोनाको कहर कस्तो छ सार्क राष्ट्रमा ?

भारत

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो रुपमा देखिएको छ । भारतमा शनिबार थप १३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

भारतमा एकैदिन ५ सय २९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार ५८८ पुगेको छ । भारतमा संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । ३ हजार २६० जना उपचाररत छन् ।

पाकिस्तान

भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ ।

कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ४१ जनाको मृत्यु भएको छ भने २ हजार ८१८ जना संक्रमित भएका छन् ।

कोरोनाका कारण शनिबार मात्रै पाकिस्तानमा थप एक जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।पाकिस्तानमा शनिबार १ सय ३२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ हजार ८१८ पुगेको हो ।

पाकिस्तानमा संक्रमितमध्ये १३१ जना उपचारपछि निको भएका छन् । २ हजार ६४६ जना उपचाररत छन् । उनीहरुमध्ये १३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बंगलादेश
यसैगरी कोरोना भाइरसको संक्रमण बंगलादेशमा पनि बढ्दो रुपमा देखिएको छ ।

बंगलादेशमा शनिबार थप २ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । त्यसैगरी शनिबार थप ९ जनामा संक्रमण देखिएसँगै बंगलादेशमा हालसम्म संक्रमितको संख्या ७० पुगेको छ ।

बंगलादेशमा संक्रमित ७० जना मध्ये ३० जना उपचारपछि निको भइसकेको छन् । ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यी मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अफगानिस्तान

सार्क राष्ट्रहरुमध्ये अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । अफगानिस्तामा हालसम्म ७ जनाको मृत्य भएको छ ।

अफगानिस्तामा शनिबार थप १ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । विहीबार थप १८ जना नयाँ संक्रमित फेला परेसंगै संक्रमितको संख्या २९९ पुगेको छ ।

अफगानिस्तानमा संक्रमितमध्ये १० जना उपचारपछि निको भएका छन् । २८२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

श्रीलंका
सार्क राष्ट्रकै अर्को मुलुका श्रीलंकामा पनि कोरोना भाइरसको संक्रमण केही बढ्दो मात्रामा देखिएको छ । कोरोनाका कारण श्रीलंकाका शनिबार थप एक जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

श्रीलंकामा विहीबार थप ७ जनामा कोरोनाको संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १६६ पुगेको छ । जसमध्ये २७ जना उपचारपछि निको भएका छन् भने १३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत संक्रमितमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

नेपाल

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ । विहीबार थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको हो ।

जसमध्ये एक जना संक्रमित उपचारपछि निको भइसकेका छन् भने अन्य ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण देखिका एक जना बाहेक अरु सबै विदेशबाट आएकाहरुमा देखिएको हो ।

नेपालले कोरोना संक्रमणको सम्भावित जोखिम रोक्नका लागि उच्च सुरक्षा सतर्कता अपनाएको छ । सरकाले लकडाउन लागू गरेको शनिबार १३ औं दिन पुगिसकेको छ ।

माल्दिभ्स

सार्क राष्ट्रहरुमध्यकै अर्को मुलुक माल्दिभ्समा शनिबार संक्रमित र मृत्यु हुने नयाँ घटना नदेखिए पनि हालसम्म १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

जसमध्ये १३ जना संक्रमित उपचारपछि निको भइसेका छन् भने ६ जनाको विभिन्न उपचार भइरहेको जनाइएको छ ।

भुटान

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण भुटानमा देखिएको छ ।

भुटानमा हालसम्म संक्रमितको संख्या ५ रहेको छ । भुटानमा संक्रमित ५ जना मध्ये २ जनोको उपचारपछि निको भइसकेको छ भने अन्य ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट आइतबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ६४ हजार ७२७ पुगेको छ ।

विश्वका २०६ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या १२ लाख १ हजार ९६४ पुगेको छ । २४ घण्टाको अवधिमा ८४ हजार ८१२ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख ९० हजार ४१२ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४२ हजार २८८ को अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : २१ बजे

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा