कोरोना भाइरस : श्रीलंकामा करिव तीन हजार कैदी रिहा « Khabarhub

कोरोना भाइरस : श्रीलंकामा करिव तीन हजार कैदी रिहा


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलन नदिन श्रीलंकाले कारागारमा रहेका करिव तीन हजार कैदीलाई जेलमुक्त गरेको छ ।

अधिक चाप रहेका केही जेलमा कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने खतरा बढेपछि २ हजार ९६१ जना कैदीलाई रिहा गरिएको श्रीलंकाका अधिकारीहरुले जनाएका छन् ।

जेलमुक्त गरिएकाहरु मार्च १७ तारिखयताको रहेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेछ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन श्रीलंकामा गत मार्च २० तारिखदेखि देशव्यापी कर्फ्यू लगाइएको छ ।

श्रीलंकामा अहिलेसम्म कोरोना भाइरसबाट १७० जना संक्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ५० बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८