‘मेरी बास्सै’ बाट बल्छी र राजु मास्टर बाहिरिए « Khabarhub

‘मेरी बास्सै’ बाट बल्छी र राजु मास्टर बाहिरिए


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिश्रङ्खला ‘मेरी बास्सै’ निर्देशन गर्दै आएका राजु मास्टर (राजु पौडेल) र बल्छी धुर्वे (मरिचमान श्रेष्ठ) उक्त श्रङ्खलाबाट अलग भएका छन् । निर्देशकद्वयले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै आफूहरु टिमबाट अलग भएको घोषणा गरेका हुन् ।

‘एउटा स्किृप्ट राइटर भनेको खुला आकाशमा उड्ने चराजस्तै हो, ऊ जुन दिशामा पनि आफ्नो पखेटा फैलाएर उड्न सक्छ तर त्यो चरालाई एउटा पिँजडामा थुनेर राख्दा चरा पिँजडाबाट बाहिर निस्कन खोज्दा कहिले उसको टाउकामा चोट लाग्छ, कहिले पखेटा भाँचिन सक्छ,’ मरिचमानले फेसबूकमा आफूलाई पिँजडाको चरासँग तुलना गर्दै लेखेका छन्, ‘यसो हुँदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ, तर हजुरहरुको मायाले बाँचेका हामी बल्छी र राजु मर्न चाहेनौँ ।’

साथै बल्छी र राजु नयाँ भेषमा नयाँ कार्यक्रम लिएर दर्शकमाझ आउने पनि जानकारी गराएका छन् ।

यी दुईले मिडिया हबसँग सहमति हुन नसक्दा ‘मेरी बास्सै’ छोड्न लागेको बताए ।

विगत केही वर्षदेखि पुनः सञ्चालनमा आएको यो श्रङ्खलालाई पहिले धुर्मुस र माग्ने बूढाले निर्देशन गर्दै आएका थिए । मिडिया हबका कार्यक्रमहरू बीचमा केही वर्ष बन्द समेत भएका थिए । कलाकारले पहिले पनि आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको गुनासो गर्ने गरेका थिए ।

‘मेरी बास्सै’ पछिल्लो समय दर्शकमाझ लोकप्रिय हास्य श्रङ्खला हो ।

 

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ३ : ०४ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा