कोरोना भाइरस : अमेरिकामा एकैदिन १ हजार १५४ बढीको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : अमेरिकामा एकैदिन १ हजार १५४ बढीको मृत्यु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १५४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ६०५ पुगेको छ ।

अमेरिकामा एकैदिन २४ हजार ९७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३२७ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।
अमेरिकामा संक्रमितमध्ये १७ हजार २४५ जना उपचारपछि निको भएका छन् । ८ हजार ७०२ जनाको अवस्था गम्भीर रहेको

जनाइएको छ भने ३ लाख ९ हजार ४४७ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७१५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४०५ पुगेको छ ।

एकै दिन ७० हजार ३९२ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७१ हजार ८७५ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४२४ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ५ : ४१ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– केही दिनदेखि उच्च वृद्धि सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट

काठमाडौं महानगर- २९ मा तीन सेवा केन्द्र सञ्चालन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको वडा नं. २९ ले बिहीबार ३ वटा

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

कञ्चनपुर– खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१०

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला

प्याजले उचित मूल्य पाएन, बोरामा थन्काउन बाध्य किसान

चितवन– जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन ।