कोरोना भाइरस संक्रमणको त्रासले मोरक्कोमा ५ हजार कैदी रिहा गरिने « Khabarhub

कोरोना भाइरस संक्रमणको त्रासले मोरक्कोमा ५ हजार कैदी रिहा गरिने


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरक्कोका राजा मोहम्मद छैठौँले आइतबार पाँच हजारभन्दा बढी कैदीहरूलाई माफी दिएका छन् । कारागारमा भीडभाड हुँदा कोरोना भाइरस सङ्क्रमण फैलिनसक्न भन्दै निश्चित चरणमा पार गरिसकेका उनीहरूलाई रिहा गर्ने आदेश दिएका हुन् ।

मोरक्कोको न्याय मन्त्रालयले कैदी रिहाइबारे आएको समाचारलाई पुष्टि गर्दै जारी विज्ञप्तिमा भनेको छ, “बन्दीहरुको आचरण र व्यवहारिक बिषयलाई मध्यनजर राख्दै राजा मोहम्मद छैठौँको आदेश बमोजिम उनीहरूलाई रिहा गर्न लागिएको हो । मुक्त गरिने कैदीको छनौटको आधार उमेर, स्वास्थ्य, राम्रो आचरण र हिरासतमा रहँदाका गतिविधिलाई बनाइएको छ ।”

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आपतकालिन स्वास्थ्य अवस्था र आवश्यक सावधानीका कारण असाधारण अवस्थाको कारण निश्चित चरणमा उनीहरूको रिहा हुनेछ ।”

उत्तर अफ्रिकी मुलुक मोरक्कोमा कोभिड–१९ सङ्क्रमणका कारण ६६ जनाको मृत्यु भएको छ भने ९६० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी गराएको छ ।

राजाले जेलमा रहेका कैदीको सुरक्षाका लागि हदैसम्मको उपायहरू अवलम्बन गर्न निर्देशन दिनुभएको छ । तीन करोड ५० लाख जनसङ्ख्या रहेको मोरक्कोमा प्रति लाख जनसङ्ख्या बराबर २३२ कैदी रहेका सरकारी तथ्याङ्क छ ।

मारक्कोका मानवअधिकारवादी समूहहरूले कोरोना भाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपले आफ्नो मुलुकमा पनि प्रभाव पारेको र यसका कारण कैदीको जीवन धरापमा रहेको भन्दै बाच्न पाउने अधिकारको रक्षा गर्दै राजनीतिक तथा छेकथुन मुद्दामा कैदमा रहेका र कैदको अन्त्यतिर पुगेका सम्पूर्ण कैदीलाई रिहा गर्न आग्रह गरेका छन् ।

सरकारको निर्णयमा सन् २०१६ र २०१७ मा मोरक्कोमा भएको ‘हिरक’ आन्दोलन अभियानमा लागेका कारण जेल जीवन विताइरहेका कैदीहरूलाई रिहा गरिने छ वा छैन यसबारे तत्काल प्रस्ट पारिएको छैन ।

संयुक्त राष्ट्रसंघका अधिकार प्रमुख मिशेल बाचेलेटले गत महिना देशहरूले बृद्ध बन्दी र माफी दिनसकिने अवस्थाका अपराधीहरूलाई सङ्कटलाई मध्यनजर गर्दै रिहा गर्ने बारे विचार गर्नुपर्ने बताएका थिए ।

इरान, अफगानिस्तान र इन्डोनेसियालगायत अन्य धेरै देशहरूले भाइरसको ठूलो प्रकोपको जोखिम कम गर्न जेलमा रहेका हजारौं कैदीहरूलाई रिहा गर्ने प्रस्तावलाई अघि सारेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ८ : ४६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल