भारत र पाकिस्तानमा कोरोना भाइरसको संक्रमण दर बढ्दो « Khabarhub

भारत र पाकिस्तानमा कोरोना भाइरसको संक्रमण दर बढ्दो


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर भारत र पाकिस्तानमा तीव्र देखिएको छ ।

चिनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण हाल सबै भन्दा बढी अमेरिकामा देखिए पनि छिमेकी मुलुक भारतमा पनि केही दिन यता बढ्दो रुपमा देखिएको छ । त्यस्तै पाकिस्तामा पनि कोरोनाको प्रभाव बढ्दो देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७०० जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै भारतमा संक्रमित हुनेको संख्या ४ हजार २८८ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ३२८जना उपचारपछि निको भएका छन् । ३ हजार ८४३ जना उपचाररत छन् ।

यस्तै कोरोना भाइरसले पाकिस्तानमा एकै दिन ६ जनाको ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
पाकिस्तानमा एकैदिन ३३९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार १५७ पुगेको छ । पाकिस्तानमा

संक्रमितमध्ये २११ जना उपचारपछि निको भएका छन् । २ हजार ८९९ जना उपचाररत छन् । उनीहरुमध्ये १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख ७२ हजार नाघेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७२८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४१८ पुगेको छ ।

एकै दिन ७१ हजार २५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ७३७ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख ३६ हजार बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ९ हजार ६ सय बढीको ज्यान गएको छ ।

त्यसैगरी स्पेनमा १ लाख ३१ हजार बढी संक्रमित रहेका छन् । जहाँ १२ हजार ६४१ बढीको ज्यान गएको छ ।

त्यस्तै इटालीमा १५ हजार ८ सय ८७ जनाको ज्यान गएको छ भने १ लाख २८ हजार बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : १९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका