‘बागी ३’ र ‘अंग्रेजी मिडियम’ अब हलमा रिलिज नहुने, अनलाइनमा हेर्न सकिने « Khabarhub

‘बागी ३’ र ‘अंग्रेजी मिडियम’ अब हलमा रिलिज नहुने, अनलाइनमा हेर्न सकिने


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण नेपालमा मात्र होइन, सारा विश्वमा नै यसको प्रभाव परेको छ । सरकारको लकडाउनका कारण सिनेमा हलहरु बन्द छन् । फिल्म छायांकन र अन्य कामहरु पनि पूर्णत बन्द गरिएका छन् ।

हिन्दी फिल्म ‘बागी ३’ र ‘अंग्रेजी मिडियम’ पनि रिलिजका क्रममा हुँदा नै हलबाट उत्रिएका थिए । बलिउडमा पनि कोरोना भाइरस फैलन सक्ने भन्दै हलहरु बन्द गरिएको थियो ।

अझ अहिले त भारतमा पनि लकडाउन गरिएको छ ।

लकडाउनका कारण यी दुई फिल्म पुनः हलमा रिलिज गरिने अनुमान गरिएको थियो । दर्शक पनि हलमा फिल्म लाग्नेमा विश्वस्त थिए । तर, मेकर्सले अब यी फिल्म हलमा रिलिज नहुने बताएका छन् ।

दुवै फिल्म अब अनलाइन प्लेटफर्ममा रिलिज गरिनेछन् । जहाँ दर्शकले फिल्म हेर्न पाउनेछन् ।

इरफानको फिल्म ‘अंग्रेजी मिडियम’ १३ मार्चमा रिलिज भएको थियो । यसको केही हप्तामै भारत सरकारको आदेश अनुसार फिल्म हल बन्द गरिएको थियो ।

यस्तै ६ मार्चमा रिलिज भएको टाइगर श्राफको फिल्म ‘बागी ३’ ले पनि बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको थियो । सरकारले हल बन्द गर्न आदेश दिएपछि फिल्मको प्रदर्शन रोकिएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : ५३ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम