अवस्था थप भयावह हुने देखिएपछि लकडाउन बढाइएको हो – प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

अवस्था थप भयावह हुने देखिएपछि लकडाउन बढाइएको हो – प्रधानमन्त्री ओली


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अवस्था झन भयावह बन्ने खतरा देखिएपछि लकडाउन बढाउनु परेको बताएका छन् ।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण रोक्न थप सावधान नअपनाए अवस्था भयावह बन्न सक्ने अवस्था देखिए पछि लकडाउन बढाइएको बताए ।

प्रधानमन्त्री ओलीले विदेशबाट आएका व्यक्तिबाट स्थानीय व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएको उल्लेख गर्दै संक्रमणको प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको बताए । यस्तो अवस्थामा थप सजगता अपनाउनु अपरिहार्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘मुलुक लकडाउनमा गएपछि तपाईंहरुमा पर्न गएको असुविधा प्रति म जानकार छु । धेरै व्यवसायीले व्यवसाय बन्द गर्नुपरेको छ । विद्यार्थीको पढाइ छुटेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘लामो जेल र एकान्तवासमा बिताएको मैले यसलाई सहजै अनुमान गर्न सक्छु ।’

कुनै खोप र औषधि पत्ता नलागेको परिस्थितिमा कोरोनाको संक्रमणबाट बच्न लकडाउन नै अपरिहार्य रहेको प्रधानमन्त्री ओलीले बताए ।

‘समस्ष यथावत छ र सावधानी अपनाइएन भने अझै भयावह बन्ने खतार छ । यसैले आजबाट ८ दिनलाई लकडाउन बढाउन बाध्य बनेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘बाँकी अवधिको लागि पनि यस्तै धर्यताको लागि अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : २० बजे

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड