जतिसुकै असहज भएपनि लकडाउनलाई सहौं- प्रधानमन्त्री « Khabarhub

जतिसुकै असहज भएपनि लकडाउनलाई सहौं- प्रधानमन्त्री


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने बताएका छन् ।

मंगलबार(आज) राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले कञ्चनपुरमा एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि दोस्रो चरणमा प्रवेश गरेको बताएका हुन् ।

विदेशबाट आएका नेपाली क्वारेन्टाइनमा बस्न नमानेपछि चिन्ता थप भएको प्रधानमन्त्रीले बताए ।

’विदेशबाट आएकाले क्वारेन्टाइनमा नबसेकाले थप चिन्ता थपिएको छ। तत्काल क्वारेन्टाइनमा जानुस् प्रधानमन्त्री ओलीले भने तपाईंका कारण परिवार, समुदाय र मुलुक नै जोखिममा पर्ने भएको छ ।

संक्रमणको जोखिमलाई ध्यानमा दिँदै र न्यूनीकरण गर्न सीमामा आएकालात्तई प्रवेश गर्न नदिइएको उनले बताए ।

भारतबाट आएर सीमानामा रहेका २ हजार १४७ नेपालीलाई भारत सरकारसँगको समन्वयमा सीमामा नै राखिएको उनले बताए ।

त्यस्तै नेपाल तर्फ ७ भन्दा बढी भारतीय नागरिकलाई व्यवस्थापन गरिएको उनको भनाइ थियो ।

कोरोना भाइर विरुद्ध लड्न विश्वका सम्पन्न र स्वास्थ्य सेवा राम्रो भएका देशलाई पनि सहज नरहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल जस्तो देशले यसको व्यवस्थापन गर्नु कम चुनौतीपूर्ण नभएको बताए ।

उनले कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि सामाजिक दूरी कायम राख्नु नै सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै थप गरिएको लकडाउनको पालन गर्न आह्वान गरे ।

यस महामारी विरुद्धको लडाइँमा सामाजिक दूरी सबैभन्दा महत्वर्पू र लकडाउन नै विकल्पक हो । जतिसुकै अफ्ट्यारो परे पनि यसलाई सहौं उनले भने ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : ५० बजे

अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं– संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोविरुद्ध

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज