थर्मल गनको कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ « Khabarhub

थर्मल गनको कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको आशंकामा ज्वरो नाप्न प्रयोग हुने थर्मल गनको कालोबजारी गरेको आरोपमा नेपालको व्यवसायिक घराना शंकर ग्रुपका सुलभ अग्रवाल पक्राउ परेका छन् ।

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

३ हजार ५ सय रुपैयाँ बजार मूल्य रहेको एउटा थर्मल गन १६ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले खबरहबलाई जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार सुलभले थर्मल गनको प्रयोगका लागि कुटनीतिक नियोगका व्यक्तिले प्रयोग गर्ने (निलो नम्बर प्लेट)को गाडी प्रयोग गरेका थिए । उनले आफू नेपालका लागि किर्गिस्तानको अवैतानिक कन्सुलर भएको बताएका प्रहरी स्रोतले जानकारी दियो ।

प्रहरीले उनको गाडीबाट ६७ थान थर्मल गन समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार केही दिन अगाडि नै अग्रवालले थर्मल गनको कालोबजारी गर्ने गरेको सूचना प्राप्त भएको थियो । सोहीअनुसार अपराध महाशाखाले आफ्ना केही प्रहरी कर्मचारीलाई व्यापारीको रुपमा अग्रवालसँग ‘डिल’ गर्न पठाएको थियो ।

‘हामीले व्यापारीको रुपमा डिल गर्दा उसले १६ हजार रुपैयाँ फाइनल प्राइज (अन्तिम मूल्य) भएको बतायो । तर, बजारमा थर्मल गनको मूल्य ३५ सय रुपैयाँ पर्छ,’ अपराध महाशाखाका एक अधिकारीले भने, ‘उनले विपदको समयमा अत्यावश्यक बस्तुको कालोबजारी गरिरहेको देखिएपछि हामीले पक्राउ गरेका हौं ।’

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  २ : ४३ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध