नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु « Khabarhub

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारी तथा नेपालका सन्दर्भमा संक्रमण नियन्त्रणका लागि भइरहेका प्रयासबारे छलफल गर्न बोलाइएको सचिवालय बैठक केही समय अगाडिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण, रोकथाम र उपचारको सन्दर्भमा सरकारका तर्फबाट चालिएका कदमबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको विश्वव्यापी महामारी तथा त्यसबाट बच्न नेपाल सरकारले चालेका कदम र प्राप्त गरेका उपलब्धिहरुको बारेमा पनि बैठकमा जानकारी गराएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

बैठकमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा परीक्षणसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिदको विषयमा भएको अनियमितताका सन्दर्भमा पनि छलफल हुने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले निजी कम्पनीसँग ठेक्का सम्झौता गरी स्वास्थ्य सामग्री आयात गर्दा भ्रष्टाचार भएको विषय सार्वजनिक गरेपछि सरकारले ठेक्का सम्झौता नै रद्द गरेको थियो ।

निजी कम्पनीसँगको ठेक्का सम्झौता रद्द भएपछि सरकार नेपाली सेनालाई स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिएको थियो । सेनालाई स्वास्थ्य सामग्री ल्याउने निर्णयको नेकपा भित्रै विरोध भइरहेको छ ।

स्वास्थ्य समग्री खरिदमा भएको भनिएको अनियमितता तथा सेनालाई स्वास्थ्य सामग्री खरिद गर्न दिने सम्बन्धमा पार्टी भित्रै विवाद देखिएपछि मंगलबार नेकपाले सचिवालय बैठक बोलाएको हो ।

सचिवालय बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका सबै सदस्यहरु सहभागी छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ५ : ०८ बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय