विद्युत विस्तारमा अनियमितता, १० जना विरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

विद्युत विस्तारमा अनियमितता, १० जना विरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दर्ता


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भोजपुरको षडानन्द नगरपालिकाको वडा नम्बर ५ र ६ मा विद्युत विस्तार गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा ५८ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेर वडा नम्बर ५ र ६ मा विद्युत विस्तारको काम शुरु गरिएको थियो । तर, आयोजना १७ प्रतिशत मात्रै काम सम्पन्न भएको अवस्थामा सबै काम सकिएको झुट्टो प्रतिवेदन बनाएर अनयमितता गरेको भन्दै अख्तियारले नगरपालिकाका कर्मचारीसहित उपभोक्ता समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रशाकीय प्रमुख जयनारायण खनालसहित १० जनाविरुद्ध २ करोड ७९ लाख २७ हजार ५ सय ७९ रुपैयाँ ७ पैसा बिगो दावी गर्दै मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : ११ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्