आज पृथ्वीको सबैभन्दा नजिक आउँदैछ चन्द्रमा | Khabarhub Khabarhub

आज पृथ्वीको सबैभन्दा नजिक आउँदैछ चन्द्रमा


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज बर्षभरिकै सबैभन्दा ठुलो र चम्किलो चन्द्रमा आकाशमा देखिने छ । खगोलविद्का अनुसार यस्तो चम्किलो र ठुलो चन्द्रमा देखिने मौका चालु बर्षको अन्तिम अर्थात आज मात्र रहेको छ । यसरी सुपरमुन देखिने मौका बारम्बार पाइदैन ।

आज चन्द्रमा र पृथ्वीका बीचको दूरी सबैभन्दा कम हुनेछ । पृथ्वी र चन्द्रमाबीच ३ लाख ८४ हजार ४ सय किलोमिटरको दूरी छ । यी दुबैबीच अधिकाशं दूरी ४ लाख ५ हजार ५ सय ९६ सम्म हुनसक्छ । तर आज सुपरमुनका समयमा भने पृथ्वी र चन्द्रमाबीचको दूरी घटेर ३ लाख ५६ हजार ९ सय किलोमिटरसम्म हुनेछ ।

आज देखिने सुपरमुनका क्रममा अरुबेला देखिने चन्द्रमा भन्दा आकारमा ठुलो देखिने छ । औसत दिनको तुलनामा आज चन्द्रमामा आकारमा १४ प्रतिशत ठुलो देखिन्छ । र यसको चमक ३० प्रतिशतसम्म बढ्नेछ ।

अंग्रेजी वेबसाइट द इन्डिपेन्डेन्टको रिर्पाेट अनुसार सुपरमुन ७ अप्रिलको बेलुकी अनुमानित ११ बजेर ३० मिनेटमा देखिन शुरु गरेको छ । सीएन ट्राभलरको रिपोर्ट अनुसार नेपालमा सुपरमुन ८ अप्रिलको अपरान्ह २ बजेर ३५ मिनेट जीएमटी अर्थात नेपाली समय अनुसार बिहान ८ बजेर २० मिनेटमा देखिने छ । जसका कारण नेपालमा अत्यधिक उज्यालो भएकाले चन्द्रमाको पुर्ण सुन्दरता भने देखिने छैन । तर हिजो अपरान्ह पछि नै चन्द्रमा चम्किलो हुन थालेको थियो ।

सुपरमुन शब्दको पहिलो प्रयोग एस्ट्रोनामर्स रिचर्ड नालले सन् १९७९ मा गरेका थिए । उनले त्यसबेला यसलाई पेरीजीन फुल मून नाम दिएका थिए । त्यसबेला नालले सुपरमुनका क्रममा चन्द्रमा नजिकिदाँ पृथ्वीबाट करीबन ९० प्रतिशत हिस्सा देखिने बताएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ५ : १६ बजे

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम