भारतमा गुफामा रहँदै आएका नेपालीका लागि देबदूत बने एसआई रणवीर « Khabarhub

भारतमा गुफामा रहँदै आएका नेपालीका लागि देबदूत बने एसआई रणवीर


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लकडाउनले भारतमा अलपत्र परेका दुई नेपालीको उत्तराखण्ड प्रहरीले उद्धार गरेको छ ।

गुफामा बसेका नेपाली युवकलाई उत्तराखण्डको नीलकण्ठ चौकीका इन्चार्ज एसआई रणवीर रमोलाको टोलीले उद्धार गरेको हो ।

लकडाउनको समयमा अलपत्र परेका तथा भोकै रहेका मानिसलाई सहयोग गर्ने क्रममा दुई नेपाली युवा गुफामा बसेको थाहा पाएपछि एसआई रमोला नेतृत्वको टोलीले उनीहरुलाई खाना खुवाएर उद्धार गरेको हो

उनीहरुलाई खाद्य सामग्रीको व्यवस्थासहित लक्ष्मण झूलास्थित आश्रममा राखेको उत्तराखण्ड प्रहरीले जनाएको छ ।

उद्धार गरिएका उनीहरुको नाम भने खुलाइएको छैन ।

उत्तराखण्ड प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा उद्धारस्थल र उद्धारगरिएका नेपालीको तस्वीर राख्दै एसआइ रमोलाले उदाहरणीय काम गरेको उल्लेख गर्दै गुफामा रहँदै आएका नेपालीका लागि देबदूत बने एसआई रणवीर लेखेको छ ।

सामाजिक सञ्जालमा पनि उत्तराखण्ड प्रहरीले गरेको मानवीय कामको प्रशंशा भएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतमा गरिएको लकडाउनले धेरै अलपत्र परेका छन् ।

दुई नेपाली बस्दै आएको गुफा

 

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ९ : ३८ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात