कोरोना भाइरसः स्पेनमा एकैदिन ७०४ को मृत्यु, संक्रमित करिव १ लाख ४२ हजार | Khabarhub Khabarhub

कोरोना भाइरसः स्पेनमा एकैदिन ७०४ को मृत्यु, संक्रमित करिव १ लाख ४२ हजार


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ४५ पुगेको छ ।
स्पेनमा एकैदिन ५ हजार २६७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४१ हजार ९४२ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ४३ हजार २०८ जना उपचारपछि निको भएका छन् । ७ हजार ६९ जनाको अवस्था गम्भीर रहेको छ भने ८४ हजार ६८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८१ हाजर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख २५ हजार ८०५ पुगेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ६ : २५ बजे

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

जुम्ला – जुम्लाका किसानलाई यो याममा मार्सीधान काट्न चटारो परेको

विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता समातिए

काठमाडौं- गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली – लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी

‘यो सरकार केपी ओलीको भन्दा पनि खराब देखियो’

गत भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूको नेतृत्वमा

पोखरामा प्लाष्टिकका फूलमालाको बिक्री वितरण कम हुँदै

कास्की- पोखरा महानगरपालिकामा प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरण कम हुँदै गएको