डब्लूएचओलाई दिइदै आएको सहयोग रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी « Khabarhub

डब्लूएचओलाई दिइदै आएको सहयोग रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको सहयोग रोक्ने चेतावनी दिएका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको भन्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका हुन् ।

‘डब्लुएचओका लागि दिइँदै आएको रकम रोक्ने तयारी भएको छ, हामी अति प्रभावकारी रुपमा सहयोग रोक्का गर्दै छौँ,’ ट्रम्पले भने ।

डब्लूएचओले कोरोना भाइरसबाट उत्पन्न हुने खतराको सामनाका लागि पर्याप्त काम गर्न नसकेको ट्रम्पले आरोप समेत लगाएका छन् ।

ट्रम्पले अमेरिकामा अहिले फैलिएको कोरोना भाइरसको महामारीका लागि डब्लुएचओले दिएको सूचना समेत गलत रहेको आरोप बताएका छन् ।

अमेरिकामा अहिले सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भएको डब्लूएचओले बताए पनि विश्वमा धेरै संक्रमित भएको देश अरु नै रहेको आफ्नो सूचनामा रहेको जनाएका छन् ।

गएको जनवरी ३१ मा चीनका केही स्थानबाट हुने यात्रामा ट्रम्पले प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । तर डब्लूएचओले त्यसको समर्थन नगरेपछि ट्रम्प डब्लूएचओसँग रुष्ट हुँदै आएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ८ : २६ बजे

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको

आशिकालाई प्रश्न : हिजो किन रिसाउनु भयो ? जवाफमा भनिन् : पिशाव फेर्न जान नपाउनू

काठमाडौं- मंगलबार बसेकव प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसँग रिसाएर हिँडेकोबारे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा