चीनले भाईरस फैलाएर विश्वमा प्रभुत्व जमाउने योजना बनाएको ब्राजिलका मन्त्रीको आरोप | Khabarhub Khabarhub

चीनले भाईरस फैलाएर विश्वमा प्रभुत्व जमाउने योजना बनाएको ब्राजिलका मन्त्रीको आरोप


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलका शिक्षा मन्त्री अब्राहम वेन्ट्राउबले चीन कोरोना भाईरस फैलाएर विश्वमाथि प्रभुत्व जमाउने योजना बनाईरहेको आरोप लगाएका छन् ।

पछिल्लो घटनाका कारण दुई देशबीचको सम्बन्धलाई तनावपूर्ण भएको उनले बताए ।

मन्त्री वेन्ट्राउबले भने विश्वव्यापी स्वास्थ्यको क्षेत्रलाई उथलपुथल गर्नु र संकट निमत्याउनुको पछाडि चीनको हात रहेको छ । ‘भौगोलिक रूपले यो विश्वव्यापी संकटको तथ्य बाहिर आउन सक्छ,’ उनले ट्वीट गर्दै भनेका छन्,’विश्व प्रभुत्वको योजनासंग सम्बन्धित काममा ब्राजिलमा कसले साथ दिईरहेको छ ?’

उनको ट्वीटले चिनियाँ उच्चारणलाई उपहासको शैलीमा लेखिएको  । ब्राजिलस्थित चीनको दूतावासले शिक्षा मन्त्रीको यो कुरा बेतुक र घृणित रहेको बताएको छ ।

चीनिया राजदूत यांग वानमिंगले ट्वीट गर्दै भनेका छन्, ‘यो बेतुकको कुरा अति नस्लबादी रहेकाले ब्राजिल सरकारले पष्टीकरण दिनुपर्छ ।’

ब्राजिलसहित धेरै देशहरु कोभिड–१९ को सामना गर्न चीनबाट अधिक चिकित्सा उपकरण स्रोत आउने आशा गर्दै आईरहेका छन् । वेन्ट्राउबले एक साक्षात्कारमा चीनलाई महामारीको बिरूद्ध लड्न सहयोग गर्न आग्रह गरे ।

उनले भने, ‘यदी चीनले हामीलाई १ हजार भेन्टिलेटरहरू दियो भने म दूतावासको अगाडि घुँडा टेकि माफी माग्छु ।’

स्वास्थ्यमन्त्री लुइज हेनरिक मन्डेटाले गत हप्ता ब्राजिलले चीनबाट आएका स्रोत भेन्टिलेटर र अन्य महत्वपूर्ण स्वास्थ्य समानहरु बाटोमै रोकिएको बताएका छन् ।

उनले केही चिनियाँ अधिकारीहरुको आदेशले आपूर्ति रद्द गरिएको बताए । ब्राजिलमा कोरोनाको संक्रमण सुरु भएसँगै चीनसँगको सम्बन्ध तनावग्रस्त भएको छ ।

राष्ट्रपति जैयर बोल्सनारोको छोरो एडुआर्डो र एक संघीय सांसदद्वारा गरिएको ट्वीटको श्रृंखलाबाट यस्तो तनाब उत्पन्न भएको थियो ।

एड्वार्डो बोलसनोरोले मार्चमा भएको प्रकोपको सामना गर्न चिनियाँ तानाशाहीको आलोचना समेत गरेका छन ।

गत हप्ता उनले ‘चिनियाँ भाइरस’ को बारेमा ट्वीट गरे, जुन वाक्यांशले बेइजिङ्गलाई उक्साउँने काम गरेको बताइन्छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट ६८८ जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : ५२ बजे

वैज्ञानिकहरूले अस्ट्रेलियाबाट पिएनजीका लागि एग्रेटको ३८ घण्टाको उडान ट्रयाक गरे

एजेन्सी – उत्तरी आप्रवासनको क्रममा अस्ट्रेलिया र पपुवा न्यू गिनीको

प्रतिनिधिसभा बैठक : सत्तापक्षीद्वारा बजेटको स्वागत, विपक्षी विरोधमा

काठमाडौं- सत्तारुढ दलका सांसदहरुले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै

बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेका छन् : सांसद कार्की

काठमाडौं– सत्तारुढ दलका सांसदहरूले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै

साउथ फिल्म खेल्न लागेका हुन् ऋतिक रोशन ?

काठमाडौं – बलिउड कलाकारहरु अहिले धमाधम दक्षिण भारतीय फिल्म साइन

बाजुरामा बन्यो ‘शान्ताको अचार’, उद्यममा जोडिए महिला 

नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी बाजुरा आएको दश दिन