कोरोना संक्रमित भेटिए भन्दै फेसबूकमा स्टाटस लेख्ने व्यक्ति पक्राउ | Khabarhub Khabarhub

कोरोना संक्रमित भेटिए भन्दै फेसबूकमा स्टाटस लेख्ने व्यक्ति पक्राउ


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला परेको भन्दै अफवाह फैलाउने एक व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–२ घर भएका पवन कुमार भट्टराई छन् ।

प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबूकमार्फत टीकापुरमा कोरोना भाइरस संक्रमित व्यक्ति फेला परेको भन्दै अफवाह फैलाएका थिए ।

उनले आफ्नो फेसबूकमा टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० मा कोरोना भाइरसको संक्रमित भेटिएको भन्दै अफवाह फैलाएका थिए ।

फेसबूकमा अफवाह फैलाएको देखिएपछि इलाका प्रहरी कार्यालय टीकापुरले भट्टराईलाई नियन्त्रणमा लिएको हो । अहिले पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : ०७ बजे

आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार 

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार

कालीगण्डकी सडक अवरुद्ध

गुल्मी– पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ

पूर्वहरूमा जागेको जग हँसाउने जाँगर !

राजा महेन्द्रले आफ्ना विश्वासपात्र विष्णुमणि आचार्यलाई मन्त्रिमण्डलमा लैजान योग्य व्यक्तिको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर– उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा