नेपाली सेनाको रक्तदानले जोगियो सुत्केरीको ज्यान « Khabarhub

नेपाली सेनाको रक्तदानले जोगियो सुत्केरीको ज्यान


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- नेपाली सेनाका एक जवानले बुधबार गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ ।

शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका—५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिए ।

जिल्ला अस्पतालमा चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको अत्यधिक रक्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो ।

सुत्केरी महिला रगत अभावमा छट्पटिरहेकी अवस्थामा बुधबार बैतडीस्थित हनुुमानध्वज गुल्मका जवान विवेक नेपालीले रक्तदान गरेका हुन् ।

सेनाका जवान नेपालीले १ पोका अर्थात् ४०० मिलीलिटर रगत दिएको डा. जोशीले बताए ।

‘चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको शरीरमा मङ्गलवार राती रगतको कमी भइ बेहोस भएपछि सेनालाई गुहारेका थियौं’ डा. जोशीले भने, ‘सेनाले दिएको रगत सुत्केरीको ज्यान जोगाउन सफल भयौं ।’ अहिले आमाको स्वास्थ्य अवस्था सुधार हुँदैं गएको र शिशुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ८ : ०१ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले