ज्यानभन्दा दाउरा र सोत्तर प्यारो « Khabarhub

ज्यानभन्दा दाउरा र सोत्तर प्यारो


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– कोराना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनको उल्लङ्घन गर्दै सयौँको सङ्ख्यामा स्थानीयवासी रारा राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको पाइएको छ । भान्सामा प्रयोग हुने दाउरा र पशु चौपायका लागि चाहिने पिरल (स्याउला) को खोजीमा उनीहरू निकुञ्जभित्र प्रवेश गरेका हुन् ।

कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर देशभर सरकारले लागु गरेको लकडाउनको उल्लङ्घन गर्दै निकुञ्जभित्र प्रवेश गरेका मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नं ३ र ५ का महिलाहरुलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको सयुंक्त गस्ती टोलीले फेला पारेको हो ।

मङ्गलबार ३ र ५ वडाका ढुमा, लुवाडबाटा, कार्कीबाडा, तुमा गाउँका लुकिछिपी निकुञ्ज प्रवेश गरेका १०० भन्दा बढी महिलालाई निकुञ्ज कार्यालयको फाँका चेकपोष्ट र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीदलगुल्मको फाँकापोष्टका सेनाको संयुक्त टोलीले औजारसहित नियन्त्रणमा लिई छाडेको थियो ।

हरेक वर्ष यो याममा पशु चौपायाका लागि चाहिने पिरल (स्याउला) लिन निकुञ्ज र मध्यवर्ती क्षेत्रले आसपासका बासिन्दाहरुबाट १५ को रसिद काटेर सीमित समयका लागि सुको दाउरा, सोत्तर र स्याउला लिन वन खुला गर्दथे । तर यो वर्ष कोराना भाइरसको सङ्क्रमण रोक्न सरकारले देशभर लकडाउन गरेकाले लकडाउन खुला नहुन्जेल निकुञ्ज कार्यालयले काठ, पिरल सङ्कलनमा रोक लगाएको छ ।

यो वर्ष कोराना भाइरसका कारण भन्दै अहिलेसम्म वन खुला नभएपछि ज्यानको मायाभन्दा दाउरा र स्याउलाको माया मानेर पहिलो पटक स्याउला र दाउरा सङ्कलनका लागि स्थानीय महिलाहरू निकुञ्जभित्र प्रवेश गरेका थिए ।

मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई समेत यो समयमा वन जङ्गलमा नजान जानकारी गराउँदै आएको भए पनि अटेर गरेर निकुञ्जभित्र प्रवेश गर्ने गरेको लामा लेख सेरी मालिका मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर मल्लले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १० : १२ बजे

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई प्रतिनिधिसभामा पुर्‍याउन सकिन, माफी चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला

सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सकेसम्म सांसदहरूलाई सरकारी

सिलिङमा स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब घट्यो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३ ०८४