काठमाडौं छोड्न दिने निर्णयको मुख्यमन्त्री पोखरेलद्वारा विरोध « Khabarhub

काठमाडौं छोड्न दिने निर्णयको मुख्यमन्त्री पोखरेलद्वारा विरोध


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण काठमाडौं उपत्यकामा अड्किए सर्वसाधारणलाई दुई दिन गाउँ जान दिने निर्णयको सत्तारुढ दलकै नेतासमेत रहेका प्रदेश पाँचका मुख्यमन्त्रीले विरोध गरेका छन् ।

विहीवार कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले उपत्यकामा रहेकालाई दुई दिन आ आफ्नो गाउँ जान दिने निर्णय गरेको थियो ।

र प्रदेश पाँचका मुख्यमन्त्री समेत रहेका नेकपाका नेता शंकर पोखरेलले भने उक्त निर्णयको विरोध गर्दै काठमाडौंबाट बाहिरिन दिने तर भित्रन नदिने कुरामा सत्यता नभहोला भन्दै प्रश्न गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले लकडाउन भनेको लकडाउन नै रहेको भन्दै यताउति गर्न नमिल्ने बरु समस्यामा परेकालाई राहत दिनुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्,’ काठमाडौंबाट बाहिर जानदिने र बाहिरबाट काठमाडौं जान नदिनेकुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउन हो । वरु बेखर्चीलाई राहत देउ ।’

मुख्यमन्त्री पोखरेलले अगाडि लेखेका छन्,’ प्रदेश पाँचमा जो जहाँ छौं त्यही बसौं, समस्या भए वडा कार्यालयमा सम्पर्क राखौं । ३ गतेपछि सिमित मात्रामा ठाउँहेरी आउजाउ खोल्न सकिन्छ । धैर्य गरौं ।’

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ५ : ५२ बजे

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर– अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा

ईयूद्वारा दिगो प्याकेजिङका लागि ७ लाख रुपैयाँ अनुदान,

काठमाडौं– युरोपियन युनियन (ईयू) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

झापा– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

राँझा– चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा– छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको