काठमाडौंमा फसेकालाई घर जान दिने निर्णयबाट पछि हट्यो सरकार « Khabarhub

काठमाडौंमा फसेकालाई घर जान दिने निर्णयबाट पछि हट्यो सरकार


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ ।

कोरोना भाइरस संक्रमण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको सचिवालयले बिहीबार लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णय भएको सूचना सार्वजनिक गरेको थियो ।

तर, पछि गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसमा असहमति जनाएपछि निर्णय फिर्ता लिइएको हो ।

‘लकडाउनका कारण काम नभएर काठमाडौंमा फसेका व्यक्तिलाई घर पठाउने भनेर केही दिन अगाडिदेखि नै छलफल हुँदै आएको थियो । तर, बिहीबार निर्णय भयो भनेर बाहिर आयो,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले अहिलेकै अवस्थामा काठमाडौंमा रहेका व्यक्तिलाई घर पठाउन सकिँदैन भनेका छौं । यातायात मन्त्रालयले पनि अहिलेकै अवस्थामा काठमाडौंमा रहेका व्यक्तिलाई घर पठाउन सकिँदैन भनेर भनेको छ ।’

रक्षा मन्त्रालय स्रोतका अनुसार भने बिहीबार रक्षा मन्त्रालयमा भएको बैठकमा शुक्रबार र शनिबार गरी २ दिन काठमाडौंमा रहेका व्यक्तिलाई आ–आफ्नो घर जान दिने विषयमा समझदारी भने बनेको थियो । तर, त्यसले संक्रमण फैलिने जोखिम झन बढ्ने भएपछि निर्णय फिर्ता लिइएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ६ : ०१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२