कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख नाघ्यो, अमेरिकामा मात्रै ४ लाख ३५ हजार बढी « Khabarhub

कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख नाघ्यो, अमेरिकामा मात्रै ४ लाख ३५ हजार बढी


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वमा १५ लाख बढी संक्रमित भएका छन् । विहीबार साँझसम्म कोरोना संख्या १५ लाख नाघेको  वर्ल्ड मिटर्स डट इन्फोले देखाएको हो ।

समाचार तयार गर्दासम्म विश्वभर १५ लाख ३६ हजार ९१ जनामा संक्रमण भेटिएको वर्ल्ड मिटर्सले जनाएको छ । हालसम्म ८९ हजार ८७७ जनाको मृत्यु भएको छ । संक्रमितमध्य ३ लाख ४० हजार बढी संक्रमणपछि निको भइसकेका छन् ।

११ लाख ६ हजार १ सय ३९ जनामा संक्रमण कायम छ । यसमध्ये ९६ प्रतिशतमा सामान्य लक्षण देखिएको छ भने ४ प्रतिशत अर्थात ४८ हजार ४ सय बढीको अवस्था गम्भीर रहेको छ ।

हालसम्म कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा ४ लाख ३५ हजार १ सय ६५ जनामा संक्रमण देखिएको छ । १४ हजार ७ सय ९७ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी स्पेनमा

स्पेनमा १ लाख ५२ हजारभन्दा बढी संक्रमित भएका छन् १५ हजार २ सय बढीले ज्यान गुमाएका छन् । यसैगरी  इटलीमा १ लाख ३९ हजारभन्दा बढी स‌क्रमित भएका छन् । जसमध्ये १७ हजार ६६९ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा पनि १ लाख १३ हजारभन्दा बढी र फ्रान्समा १ लाख १२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

कोरोना भाइरसको शुरुवात भएको चीनमा भने ८१ हजार ८ सय बढी संक्रमित छन् । चीनमा संक्रमण दर निकै न्यून देखिएको छ ।

इटलीमा सर्वाधिक धेरै (समाचार तयार गर्दासम्म) १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । चीनमा सर्वाधिक धेरै (समाचार तयार गर्दासम्म) ७७ हजार ३ सय ७० संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ७ : १५ बजे

आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा

कास्की – पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भइरहेको आइटिएफ वल्र्ड

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – उपरथीमा विशेष बढुवा हुनुभएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

एमालेमा विधान महाधिवेशनमा पारित विधानकै आधारमा नयाँ नेतृत्व चयन गरिने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत

एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना

काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। यो

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार