हजारौं वर्षअघि नै गरिएको थियो वेदमा कोरोना भाइरस जस्तै रोगबारे व्याख्या र बच्ने उपाय | Khabarhub Khabarhub

हजारौं वर्षअघि नै गरिएको थियो वेदमा कोरोना भाइरस जस्तै रोगबारे व्याख्या र बच्ने उपाय


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यतिवेला विश्वमा कोरोना भाइरसको महामारी छ । विश्व स्वास्थ्य संगठनले नोबेल कोरोना भाइरस(कोभिड १९) लाई महामारी घोषणा गरेको छ । र, विहीवार रातिसम्ममा कोरोना भाइरस संक्रमणका कारण विश्वमा ९० हजार ११ जनाले ज्यान गुमाइसेकेको वर्ल्ड मिटरले जनाएको छ ।

कोरोना भाइरसका कारण १५ लाख ४० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । विश्वका केही देश र भू भाग बाहेक सबै क्षेत्रमा यो रोगको प्रभाव परेको छ ।

चीनको उहानबाट शुरु भएको यो रोगको अहिलेसम्म औषधि पत्ता लगाउन वैज्ञानिकहरु सफल भएका छैनन् ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने यो रोगको संक्रमण फैलन नदिनका लागि एकान्तवास(क्वारेन्टाइन) वा आइसोलेसनमा बस्नु नै सबैभन्दा राम्रो विकल्प भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

एक अर्काबीच घुलमिल र नजिक नहुँदा कोरोनाको संक्रमण फैलन खतरा कम हुने भएकाले विश्वका धेरै देशहरुले लकडाउनको घोषणा गरेका छन् । आफ्ना देशका सीमाहरुमा कडाइ गरेका छन् । अन्तर्राष्ट्रिय उडानहरु अवरुद्ध भएका छन् ।

नेपालमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । विहीवारसम्ममा ९ जनामा संक्रमण देखिएको र एक जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएका छ । सामाजिक दूरी कायम गर्नका लागि भन्दै सरकारले देशभर लकडाउन गरेको छ र अत्यावश्यक काममा मात्र बाहिर निस्कन आह्वान गर्दै कडाइ गरेको छ ।

एक्कासी भाइरसको संक्रमण देखिएपछि मानिसहरुमा त्रास रहेको छ । त्यसमा पनि नेपाल जस्तो स्वास्थ्यमा कम लगानी भएको देशमा संक्रमणको जोखिम उच्च रहेने छ ।

विश्वका शक्तिशाली र स्वास्थ्यमा लगानी भएका देशहरु अमेरिका, युरोप लगायतमा कोरोनाका कारण हजारौं मानिसले ज्यान गुमाएका छन् । छिमेकी मुलुक भारतमा पनि कोरोनाले नराम्रोसँग प्रभाव पारेको छ ।

कोरोना भाइरसको उत्पत्ती कसरी भयो भन्ने बारेमा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । र यस्तो खालको रोग आउने पूर्वानुमान खासै नभएका कारण पूर्व सावधानी वा तयारी पनि हुने कुरा भएन । तर हिन्दू धर्म दर्शन र शास्त्रमा भने कोरोना जस्तै संक्रामक रोगका बारेमा हजारौं वर्ष पहिला नै व्याख्या गरिएको थियो भने वचाउका उपायसमेत स्पस्ट पारिएको थियो ।

चार वेद मध्येको ऋग्वेदमा यसबारे व्याख्या गरिएको आफूले गरेको अध्ययन र खोजबाट थाहा पाएको युवा ज्योतिष हरिहर अधिकारी बताउँछन् ।

कोरोना भाइरसको बारेमा अहिले धेरै खालका हल्लाहरु आएको र यसबारेमा हिन्दू धर्म दर्शनमा उल्लेख भएको छ कि छैन ? वेदमा, शास्त्रमा यसका बारेमा उल्लेख छ कि छैन ? भनेर अध्ययन गर्दा एउटा चिज पत्ता लगाएको उनले बताए ।

हजारौं वर्ष अघि लेखिएको वेदमा यस्ता रोगबारे व्याख्या र त्यसबाट जोगिने उपाय भएको उनले बताए ।

ऋग्वेदको मण्डल आठ अन्तर्गतको ८ औं सूक्त(अध्याय) को १४ औं ऋचामा संक्रामक रोगहरुबारे बच्ने उपायबारे व्याख्या गरिएको युवाज्योतिष हरिहर अधिकारी बताउँछन् ।

यस्तो छ वेदको ऋचा

त्वं नो अस्या अमतेरुत क्षुधोऽभिशस्तेरव स्पृधि । त्वं न ऊती तव चित्रया धिया शिक्षा शचिष्ठ गातुवित् ॥

यो श्लोकमा कोरोना त नभनौैं तर यस्तै भाइरस वा संक्रामक रोगहरुका बारेमा बर्णन हजारौं वर्ष अगाडि गरिएको अधिकारी बताउँछन् ।
यो श्लोकमा तीनवटा कुरा रहेका अधिकारी बताउँछन् ।

जस्तै तं नो अस्या अमतेरुत । अमते रुत अर्थात् त्यस्तो खालका रोगहरु जसको बारेमा हामीलाई थाहा छैन वा त्यसको बारेमा पूर्व तयारी गरिएको छैन । कसरी उपचार गर्ने हामीलाई थाहा हुने छैन । क्षुधो अर्थात त्यस्तो खालको रोगबाट मृत्युहरु हुने हुन्छ । र यस्तो रोगको उपचार पाउन निकै कठिन छ ।

भिशस्ते रव स्पृधि अर्थात विभिन्न खालका हल्लाहरु, सही गलत, चाहिने नचाहिने हल्लाहरु त्यस बखत हुनेछन् ।
जब यी तीन चीजहरु यसरी फैलन्छन् तब के गर्ने ? भन्ने बारे पनि श्लोकमा व्याख्या गरिएको अधिकारी बताउँछन् ।

त्वं न ऊती तव चित्रया धिया शिक्षा शचिष्ठ गातुवित् ॥

अर्थात् यदी त्यस्तो अवस्था बनेमा एउटा निश्चित दायरा बनाएर बस्ने । एउटा घेरा भित्र बस्ने अर्थात् क्वारेन्टाइनमा बस्ने । धिया अर्थात दिमागको प्रयोग गर्ने । गलत केहो सही समाचार केही छुट्याउने । सही कुराहरु पत्ता लगाउने ।

शिक्षा अर्थात नैतिकतामा बस्ने । छुने यता उति गर्ने लगायतका काम नगर्ने । के गर्दा रोग फैलिन्छ यी कुराका बारेमा बुझ्ने । सचेत रहने ।

हजारौं वर्ष अघि भनिएका यस्ता कुराहरुलाई मान्ने हो भने यस्ता संक्रामक रोगहरुबाट जोगिन सकिने ज्योतिषी अधिकारी बताउँछन् ।

जबसम्म कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुँदैन तबसम्म वेदले भने अनुसार गर्ने वा सरकारले भनेजस्तो क्वारेन्टाइनमा बस्ने गर्दा रोगको संक्रमणबाट जोगिन सकिने अधिकारी बताउँछन् ।

 ऋग्वेद बारे थाहा पाउनुस्

ऋक अर्थात स्थिती तथा ज्ञान । ऋग्वेद सबैभन्दा पहिलो वेद हो जो पद्यात्म छ । यो सबैभन्दा प्राचिन वेद हो जसमा १० मण्डल तथा १०२८ सुक्त तथा ११ हजार मन्त्रको वर्णन पाइन्छ । गायन्त्री मन्त्रको उल्लेख पनि ऋग्वेदमा नै पाइन्छ ।

यसमा भौगोलिक स्थिति तथा देवताका आवाहन मन्त्रसँग सम्बन्धित छ । ऋग्वेदको ऋचामा देवताको प्रार्थना, स्तुती तथा देवलोक उनीहरुको स्थितिको वर्णन गरिएको छ ।

ऋग्वेदको ऋचाहरुमा देवताको प्रार्थना, स्तुति तथा देवलोकमा उनीहरुको अवस्थाको वर्णन गरिएको छ । यसमा जल चिकित्सा, वायु चिकित्सा, सौर चिकित्सा, मानस चिकित्सा तथा हवन चिकित्सा आदीको पनि जानकारी छ ।

यसमा औषधिको संख्या १२५ करिब बताइएको छ जो १०७ स्थानमा पाइने बताइएको छ । औषधिमध्ये सोमको विशेष महत्व वर्णन गरिएको छ ।

यो पनि पढ्नुहोस्

युवा ज्योतिषी अधिकारीको सुझाव– भाइरसबाट जोगिन शंख बजाउनुस्, सूर्यलाई पानी चढाउनुस्

ज्योतिषी अधिकारीको आग्रह- कोरोना भाइरसको नकारात्मक उर्जा नाश गर्न आज घरघरमा दीप प्रज्वलन

ज्योतिष डा उपाध्यायको दाबी- सूर्य उच्च भएसँगै कोरोना भाइरसको प्रभाव कम भएर जान्छ, कहिले हुन्छ ?

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १० : १५ बजे

इजरायलमा हिजबुल्लाहको रकेट आक्रमण, ७ जनाको मृत्यु

काठमाडौ – उत्तरी इजरायलमा हिजबुल्लाहले बिहीबार गरेको दुई छुट्टाछुट्टै रकेट

पोर्चुगलका रुबेन बने म्यानचेस्टर युनाइटेड मुख्य प्रशिक्षक

काठमाडौं – म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई मुख्य प्रशिक्षकमा नियुक्त

बागमती सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा

बागमती – बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सिमान्तकृत समूह र

राहुल लिम्बूले दोस्रो पटक जिते ‘पानी सुल्के’ प्रतियोगिताको उपाधि

सुनसरी- साविक विजेता राहुल लिम्बू दोस्रो स्टोन स्किपिङ च्याम्पियनसिप (पानी

रुस, युक्रेनसहित सिङ्गो युरोपले कुरिरहेको अमेरिकी निर्वाचन परिणाम

युक्रेनको एक सेल्टर । मानिसहरू टोलाएर बसेका छन् । यसै