कोरोनाभाइरसः अमेरिकामा ज्यान गुमाउनेको संख्या १६ हजार ६ सय नाघ्यो « Khabarhub

कोरोनाभाइरसः अमेरिकामा ज्यान गुमाउनेको संख्या १६ हजार ६ सय नाघ्यो


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८७२ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६६३ पुगेको छ ।

अमेरिकामा एकैदिन ३३ हजार २५६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार २८६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २५ हजार ३१६ जना उपचारपछि निको भएका छन् । १० हजार ११ जनाको अवस्था गम्भीर रहेको । ४ लाख २६ हजार बढी उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ९५ हजार ६५७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १६ लाख २ हजार ६ सय बढी रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ६ : ०१ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान