संक्रमणबाट बच्न पुराणमा दिइएको ५ उपाय, प्रयोग गर्दा पुग्छ फाइदा « Khabarhub

संक्रमणबाट बच्न पुराणमा दिइएको ५ उपाय, प्रयोग गर्दा पुग्छ फाइदा


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणका कारण विश्व यतिवेला त्रसित छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हजारौं मानिसले ज्यान गुमाएका छन् । ९५ हजार भन्दा धेरै मानिसले शुक्रबारसम्ममा ज्यान गुमाएका छन् भने १६ लाख भन्दा धेरै मानिसहरु यो रोगका कारण संक्रमित भएहका छन् ।

यो रोगको संक्रमण यति धेरै फैलिएको छ कि मानिसहरु अन्जानमा कोरोना रोगको संक्रमणमा फस्ने गरेका छन् ।

कोरोना भाइरसका कारण एकपटक हामीलाई आफ्नो प्राचीन सांस्कृतिक मान्यतातर्फ मोडिदिएको छ ।

घरमा प्रवेश गर्नुअघि हातमुख धुनु, हात मिलाउने र अंकमाल गर्नुभन्दा नमस्कार गर्नु, मुख र शिरलाई ढाकेर राखनु आदी हाम्रा पुराना संस्कारलाई हामीले छोड्दै गएका छौं तर आज त्यही चिज बढी उपयोगी देखिएको छ ।

आज हामी तपाईलाई शास्त्रका अनुसार बर्जित गरिएका केही विषय श्लोकसहित प्रस्तुत गर्दै छौं । यसको प्रयोग गर्न सकियो भने कोरोना र यस्तै खालका अन्य संक्रमण रोगहरुबाट बच्न सहयोग गर्छ ।

हातले पस्किएको खाना

लवणं व्यञ्जनं चैव घृतं तैलं तथैव च।

लेह्यं पेयं च विविधं हस्तदत्तं न भक्षयेत्।

धर्मसिन्धुमा उल्लेख गरिएको यो श्लोकका अनुसार नुन, घ्यू, तेल, कुनै व्यञ्जन वा पेय पर्दा वा अन्य केही पनि खानेकुरा चम्चाको प्रयोग नगरि हातले दिइएको छ भने त्यसको सेवन नगर्नु । अर्थात हातमा रहेको संक्रमण खानाको माध्यमबाट फैलन सक्छ ।

यस्तो लुगा नलगाउनु

न अप्रक्षालितं पूर्वधृतं वसनं बिभृयात्।

विष्णुस्मृतिका अनुसार एक पटक लागाइएको कपडा पुन प्रयोग गर्न बर्जित गरिएको छ । यदी गर्ने हो भने त्यसलाई धोएर मात्र प्रयोग गर्न सकिने मन्त्रमा उल्लेख गरिएको छ । लगाइएको लुगामा बाहिरी वातावरणका किटाणु वा संक्रमण आएको हुनसक्ने र धोएर लगाए त्यसको जोमिख नहुने शास्त्रमा उल्लेख गरिएको छ ।

यी कार्यमा सावधानी

घ्राणास्ये वाससाच्छाद्य मलमूत्रं त्यजेत् बुध:।
नियम्य प्रयतो वाचं संवीताङ्गोऽवगुण्ठित:।

वाधूलस्मृति तथा मनुस्मृतिमा बताइएको यो श्लोकका अनुसार हामीले सधै नाक, मुख र शिरलाई ढाकेर मौन रहेर मल मूत्र त्याग गर्नुपर्छ । यस्तो गर्नाले शरीरको माथिल्लो भागबाट संक्रमण हुने खतरा हुन्न ।

जरुर स्नान गर्नुस्

चिताधूमसेवने सर्वे वर्णा: स्नानम् आचरेयु:।

वमने श्मश्रुकर्मणि कृते च

विष्णुस्मृतिमा बताइए अनुसार यदी तपाई मसानघाटको बाटो आउनु भएको छ वा मलाम जानु भएको छ, तपाईलाई उल्टी भएको छ या दारी कपाल काटेर घर आउनु भएको छ भने सबैभन्दा पहिला नुहाउनु पर्छ । नभए तपाईलाई संक्रमणको खतरा हुन्छ ।

भिजेको कपडाको प्रयोग

अपमृज्यान्न च स्नातो गात्राण्यम्बरपाणिभि:।

मार्कण्डेय पुराणमा बताइए अनुसार नुहाइसकेपछि भिजेको रुमालले शरीरलाई पुच्न हुँदैन । यस्तो गर्नाले छालामा संक्रमण हुन सक्छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : १९ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित