लकडाउनमा फसेको छोरालाई घर ल्याउन १४०० किलोमिटर स्कुटरमा यात्रा « Khabarhub

लकडाउनमा फसेको छोरालाई घर ल्याउन १४०० किलोमिटर स्कुटरमा यात्रा


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- लकडाउनका कारण फसेको आफ्नो छोरोलाई घर लैजानका लागि एक आमाले स्कूटरमा १४ सय किलोमिटरको दूरी पार गरेकी छिन् र छोरालाई लिएर तीन दिनमा घर पुगेकी छिन् ।

यो समाचार भारतको तेलंगना राज्यको निजामाबादको हो ।

२१ दिन लामो लकडाउनका कारण घर आइपुग्न नपाएको छोरालाई उनले स्कूटरमा घर लगेको समाचार सबैजसो भारतीय सञ्चारमाध्यमहरुमा छाएको छ ।

तेलांगना राज्यको निजामाबाद जिल्लामा बस्ने ५० वर्षीया रजिया बेगम सोमवार स्थानीय प्रशासनको अनुमतिमा स्कुटर लिएर छोरा रहेको आन्ध्रप्रदेशस्थित नेल्लौर पुगेकि थिइन् । त्यहाँ पुग्न उनले ७०० किलोमिटर दूरी तय गर्नु परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिदिन करीब ४७० किलोमिटरका दरले स्कुटर चलाएकी उनको यतिखेर सामाजिक सञ्जालमा एउटी आमाले लकडाउनमा उठाएको हिम्मत भन्दै चर्चा परिचर्चा भइरहेको छ । हुन पनि हो, एउटी आमाका लागि आफ्ना दरसन्तानको मायाप्रेम अनि चिन्ता लाग्नु स्वभाविक थियो ।

उनको छोरा निजामुद्धीन एमबीबीएस तयारी गरिरहेका छन् । उनका अनुसार निजामुद्धीन आफ्नो एकजना साथीलाई पुरयाउन अहमताबाद गएका थिए र सोही क्रममा भारत सरकारले गरेको लकडाउनले गर्दा उनी त्यही रोकिए ।

यो कठिन यात्राको क्रममा उनलाई कोरोना नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी (कमाण्डो) हरुले थप हौसल्ला दिएका थिए । भारत सरकारले कोरोना भाइरसको खतरालाई ध्यानमा राख्दै २५ मार्चदेखि लकडाउन जारी राखेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ३ : १२ बजे

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने