मन्त्री भट्टद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान « Khabarhub

मन्त्री भट्टद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

कैलाली क्षेत्र नं ४ बाट निर्वाचित मन्त्री भट्टले आफ्नो निर्वाचन क्षेत्रमा रहेका तीन वटा स्थानीय तहमा सो सामग्री आज उपलब्ध गराएका हुन । उनका स्वकीय सचिव हितेश ओझामार्फत सो सामग्री वितरण गरेको गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले जानकारी दिए ।

स्वकीय सचिव ओझाले गौरीगङ्गा र गोदावरी नगरपालिका जनप्रतिनिधिलाई सो सामग्री प्रदान गरे । कोरोना भाइरसको सम्भावित जोखिमबाट स्थानीय जनतालाई जोगाउन नगरपालिकामार्फत सो सामग्री वितरण गरिएको जनाइएको छ ।

कैलालीको चुरे गाउँपालिकामा शनिबार वितरण गरिने जनाइएको छ । स्थानीय तहलाई पीपीई, मास्क, सेनिटाइजर, साबुनलगायतका अतिआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ६ : ४४ बजे

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार