विद्यार्थीहरुको अध्ययनका लागि अनलाइन कक्षा सञ्चालनको तयारीमा सरकार  « Khabarhub

विद्यार्थीहरुको अध्ययनका लागि अनलाइन कक्षा सञ्चालनको तयारीमा सरकार 


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताएका छन् ।

उनले विद्युतीय सिकाइ नेपालको समग्र शिक्षा क्षेत्रको लागि उपयोगी हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताए ।

कोरोना भाइरसको महामारीपूर्व नै नेपालको शिक्षालाई दूर शिक्षा वा अनलाइन शिक्षामा लैजान सरकारीस्तरबाट विभिन्न पहल भइसकेको बताउँदै उनले अनलाइन कक्षालाई बढीभन्दा बढी अन्तर्क्रियात्मक बनाउनुपर्नेमा जोड दिए ।

“कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई अध्ययन गर्न हामीले एउटा समिति गठन गरिसकेका छौँ”, उनले भने, “सो समितिले गरेको अध्ययनको निष्कर्षको आधारमा शिक्षा क्षेत्रको भविष्यको दिशा तय गरिनेछ ।” किंग्स कलेजले आज गरेको ‘इम्ब्रेसिङ द क्यावस’ नाम दिइएको अन्तर्राष्ट्रिय भर्चुअल कन्फरेन्स शिक्षामन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।

विभिन्न राष्ट्रका प्राध्यापक तथा शिक्षक, नेपाली उद्यमी, विद्यार्थी, शिक्षक, विद्यालयका नेतृत्वकर्ता तथा शिक्षा क्षेत्रमा चासो राख्ने करिब ८५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीको ऊक्त विद्युतीय अन्तर्क्रियामा सहभागिता थियो ।

कोरोना भाइरसको कारण राष्ट्रले बन्दाबन्दी (लकडाउन) को घोषणा गरेसँगै शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालन गरिरहेको सन्दर्भमा विद्युतीय कक्षासम्बन्धी अन्तर्राष्ट्रिय जगतको अनुभव, सिकाइ, विश्लेषण, सफल अभ्यास तथा अनुसन्धानमाथि विचार विमर्श गर्दै नेपालका शैक्षिक संस्थालाई अझै सशक्त ढङ्गले चलाउनुपर्नेमा उनले जोड दिनुभयो ।

अनलाइन कक्षा सञ्चालन गर्न सक्षम बनाउने अभिप्रायले उक्त विद्युतीय सम्मेलने आयोजना गरिएको हो । यसका साथै विद्युतीय कक्षाका बारेमा रहेको बुझाइलाई थप गरी कठिनाइको समयमा समाधानका विकास गर्नुपर्ने आवश्यकता औँल्याइयो ।

अनलाइन कक्षाको सम्भावना तथा सीमितता, गुणदोषलगायतबारे विश्लेषण गर्दै शिक्षण संस्थाले यसका लागि आफूलाई कसरी तयारी राख्न सक्छन् भन्ने विषयको अन्वेषण पनि यसको लक्ष्य रहेको कलेजका प्राचार्य उद्गम खड्काले बताए ।

अनलाइन सिकाइ, चुनौती र अवसर, अनलाइन शिक्षाको शिक्षण विधि, अनलाइन शिक्षाको लागि प्रविधिको एकीकरण र विश्व महामारीको समयको शिक्षण विधिलगायत मुख्य विषयवस्तु रहेको सो विद्युतीय अन्तर्क्रियाका सहभागीले आ–आफ्नो अनुभवसमेत सुनाएका थिए ।

अन्तक्रियायामा बेन्ट्ले विश्वविद्यालयका प्राध्यापक तथा हाबर्ड विश्वविद्यालयका अतिथि प्राध्यापक कवि लसियानो प्रमुख वक्ताका रुपमा सहभागी भएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : १० बजे

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा– रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका

‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा

सांसद डाक्टर शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’  बजारमा 

काठमाडौं– राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो

रवि-बालेन सम्झौताले सामाजिक सञ्जालमा तरङ्ग : पुरानालाई सबकदेखि विदेशी चलखेलको आरोपसम्म

काठमाडौं– तारन्तारको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने

एनसिसी अल्मुनाइको आठौँ वार्षिकोत्सव

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान्, इमानदार र