आगलागीबाट ४ घर जलेर नष्ट | Khabarhub Khabarhub

आगलागीबाट ४ घर जलेर नष्ट


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा ४ घरसहित  १२ लाख रुपैयाँ बराबरको सामग्री जलेर नष्ट भएको छ ।

आगलागीमा ४ वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक/एक वटा घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करीब १२ लाख रुपैयाँ बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

आगलागीमा स्थानीय बुधनारायण शर्माको एउटा बाच्छीसमेत जलेर मृत्यु भएको प्ररही नायब उपरीक्षक फुयालले बताए । स्थानीय रामप्रसाद शर्माको घरमा गाईलाई खोले पकाउने क्रममा आगलागी भएको थियो । आगो स्थानीयवासी, प्रहरी र इनरुवा नरगपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक फुयालले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १० : ४४ बजे

तरकारी तथा फलफूलको मूल्य निर्धारण, मालदह आँप प्रतिकेजी ११० रुपैयाँ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि

एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस हुनुहुँदैन : सूर्य थापा

काठमाडौं– नेकपा एमालेका नेता सूर्य थापाले सङ्घीय मामिला तथा सामान्य

झिल्के कोट र चटके बोलीले धानेको इज्जत !

बलिउड सुपरस्टार राजेश खन्ना र अमिताभ बच्चनले ७० को दशकमा

पानी कहीँ पेट्रोल नभइहालोस्

पानी कहीँ पेट्रोल ने भ जाए अर्थात् पानी कतै पेट्रोल

नौ किलोमिटर सडक कालोपत्र

तनहुँ– व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर