हतियार बरामदपछि कैलालीका वडा अध्यक्षलाई पक्राउ गर्न अनुमति « Khabarhub

हतियार बरामदपछि कैलालीका वडा अध्यक्षलाई पक्राउ गर्न अनुमति


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा भारतीय नम्बरको गाडी र हतियार बरामद भएपछि वडा अध्यक्षलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ।

कैलालीको गोदावरी नगरपालिका १० का वडा अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही विरुद्ध प्रहरीले अदालतमा हातहतियार खरखजना ऐन अनुसार ओसारपसारको मुद्दा दर्ता गरेपछि पक्राउका लागि अनुमति पाएको हो।

कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जिल्ला अदालत कञ्चनपुरबाट शाहीलाई पक्राउ गर्ने अनुमति पाएको बताए ।

गोदावरी १० का अध्यक्ष शाहीले प्रयोग गर्ने भारतीय नम्बर डिएल–३ सिसिआर ३९९७ को कार गत चैत २५ सशस्त्र प्रहरीले बरामद गरेको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को बाट नियन्त्रणमा लिएको उक्त गाडीबाट प्वान्ट टुटु–एलआर थान–१ को बन्दुक, त्यसमा प्रयोग हुने १४ गोटा बुलेट(गोली) एक थान एयरगन र त्यसमा प्रयोग हुने एक सय ९६ गोटा छर्रा बरामद गरेको थियो।

यस्तै गाडीबाट ८२ हजार नगद, मेघा बैँक, हिमालयन बैँक, एनआईसी एसिया बैँक, गरिमा विकास बैँक, आर बिएम इन्डियन बैँक, आईएमई बैकका एक–एक गरु ६ वटा एटिएम कार्ड पनि बरामद गरिएको थियो। गाडीमा वडा अध्यक्षको परिचय खुल्ने अन्य कागजपत्र समेत बरामद गरिएको थियो।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ४१ बजे

प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिप्रति सांसद शाहीको आपत्ति

काठमाडौं- प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई

समूह ‘एल’ : ग्रुप अफ डेथमा इङ्ल्यान्ड, क्रोएसिया, घाना र पानामा

काठमाडौं– इङ्ल्यान्ड, क्रोएसिया, पानामा र घानाको उपस्थितीले समूह ‘एल’लाई आसन्न

सभामुखले दिएनन् श्रम संस्कृतिलाई समय

काठमाडौं–  सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीलाई बोल्ने समय दिएका

श्रम संस्कृति पार्टीलाई बोल्न नदिएपछि विरोध

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई बोल्न नदिएपछि

लक्षित वर्गको निःशुल्क उपचारका लागि ल्याइयो नयाँ कार्यविधि, परामर्शदेखि शल्यक्रियासम्म निःशुल्क 

काठमाडौं– लक्षित वर्गका नागरिकले सहज र सम्मानजनक रूपमा निःशुल्क स्वास्थ्य