भारतले नेपालसहित १३ देशमा कोरोनामा उपयोगी ‘हाइड्रोक्लोरोक्वीन’ पठाउने | Khabarhub Khabarhub

भारतले नेपालसहित १३ देशमा कोरोनामा उपयोगी ‘हाइड्रोक्लोरोक्वीन’ पठाउने


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले नेपालसहित १३ देशमा ‘हाइड्रोक्लोरोक्वीन’ निर्यात गर्न ‘क्लीयरेन्स’ दिएको छ । कोभिड–१९ संक्रिमत कतिपय बिरामीलाई यस औषधीले लाभ पुर्‍याएको पत्ता लागेपछि विश्वभर यसको माग समेत बढेको छ ।

यो औषधीको प्रयोग परम्परागत रुपमा मलेरिया, औंला र हाडजार्नीको दुखाईमा प्रयोग गर्ने गरिन्छ । तर यसको उपयोगिता कोभिड–१९ मा पनि देखिएपछि यसको माँग विश्वभर बढेको हो ।

भारत हाइड्रोक्लोरोक्वीनको सबैभन्दा ठूलो उत्पादक राष्ट्र हो । भारतले प्रतिमहिना सो औषधीको ३५ करोड ट्याबलेट उत्पादन गर्ने क्षमता राख्दछ । भारतले नेपालबाहेक दक्षिण एसियाका आफ्ना छिमेकीहरु भुटान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तानलाई पनि सो औषधी निर्यात गर्नेछ ।

त्यस्तै, भारतले युरोपको स्पेन र जमर्नी, भारतीय महासागर क्षेत्रको सेचल्स र मौरसिस, दक्षिण अमेरिकाको डोमिनिकन रिपब्लिक र ब्राजिल तथा पूर्वी एसियाको बहराइनलाई पनि सो औषधी निर्यात गर्ने भएको छ । भारतले यसअघि अमेरिकालाई पनि सो औषधी पठाएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ९ : २९ बजे

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र

गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिन्छ  : एनपी साउद

कञ्चनपुर– नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गुणस्तरीय शिक्षाका

सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व संकलन

कैलाली– नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले