प्रतिबन्ध खुकुलो पार्दा महामारीको पुनरावृत्ति अझ भयानक हुन सक्ने डब्लूएचओको चेतावनी « Khabarhub

प्रतिबन्ध खुकुलो पार्दा महामारीको पुनरावृत्ति अझ भयानक हुन सक्ने डब्लूएचओको चेतावनी


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशहरुले धमाधम प्रतिबन्धहरु हटाउने तथा खुकुलो बनाइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लूएओ) ले उक्त निर्णयहरु घातक हुन सक्ने चेतावनी दिएको छ ।

कोरोना भाइरसको महामारी पूर्णरुपमा नियन्त्रणमा नआउँदै खुकुलो पारिएका प्रतिबन्धले महामारीको पुनरावृत्ति अझ  भयानक भएर आउन सक्ने चेतावनी दिएको हो ।

जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा‍. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेकाले फुकुवाका लागि हतारो नगर्न आग्रह गरेका छन् ।

‘प्रतिबन्ध हतारमा फुकुवा गर्दा संक्रमण पहिलेभन्दा घातक बनेर पुनः फैलिने जोखिम हुन्छ,’ गेब्रेयेसोस भने ‘यदि राम्रोसँग व्यवस्थापन गरिएन भने घट्दो क्रमको संक्रमण झन् जोखिमपूर्ण हुन्छ ।’

युरोपमा सबै भन्दाबढी प्रभावित भएका स्पेन र इटालीमा केही प्रतिबन्धहरु खुकुलो पारिएको छ र त्यहाँ लकडाउन भने लागु छ ।

स्पेन र इटालीमा निर्माण तथा औद्योगिक उत्पादन क्षेत्रका केही कामहरु सोमबारदेखि सञ्चालन गर्ने तयारी छ । कामदारहरुलाई यी क्षेत्रमा जान दिने तयारी थालिएको छ ।

यता चीनले वुहानमा लकडाउन हटाइसकेको अवस्था डब्लूएओको यस्तो चेतावनी आएको हो ।

 

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : २३ बजे

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

बेइजिङ- चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ।

संसदीय दलका नेता बालेन्द्र शाहको उपस्थिति बिना सुरु भयो रास्वपा संसदीय दलको बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले