‘राहत बाँड्न तीन जनामात्र उपस्थित होऊ’ « Khabarhub

‘राहत बाँड्न तीन जनामात्र उपस्थित होऊ’


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- जिल्ला प्रशासन कार्यालय खोटाङले भीडभाडमा राहत सामग्री तथा सहयोग वितरण नगर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

‘लकडाउन’को मारमा परेका सर्वसाधारणलाई राहत सामग्री तथा सहयोग वितरण गर्नेक्रममा हरेक ठाउँमा भीडभाड देखिएको भन्दै प्रशासनले तीन जना मात्र उपस्थित हुने व्यवस्था कार्यान्वयन गर्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरेको हो ।

स्थानीय तहका प्रतिनिधि एक, सुरक्षाकर्मी एक र एक जना दाताको मात्र उपस्थिति रहनेगरी राहत सामग्री तथा सहयोग वितरण गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

“हरेक स्थानीय तहमा राहत तथा सहयोग वितरण गर्नेक्रममा भीडभाड हुने गरेको देखिएको छ”, उनले भने, “भीडभाड हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरा भएकाले आगामी दिनमा भीडभाड कम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरिएको हो ।”

दैनिक ज्यालादारी काम गर्ने तथा विपन्न परिवारलाई राहत वितरण गर्दा सामाजिक दूरी समेत कायम गर्न आग्रह गरिएको प्रशासनले जनाएको छ ।

लकडाउनको मारमा परेका व्यक्तिलाई प्रदान गरिने राहत वितरणको नाममा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी कुनै चाडपर्व मनाएझै भेला हुने गरेका छन् । यतिसम्म कि कतिपय स्थानीय तहका जनप्रतिनिधि तस्वीर खिचाउँनकै लागि भेला हुने गरेका छन् । जिल्लामा लक्षित वर्गलाई वितरण राहत सामग्रीभन्दा जनप्रतिनिधि बोक्ने गाडीको लस्कर बढी हुने गरेको पाइएको छ ।

यसैबीच, खोटेहाङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका नागरिकसँग भेटघाट गर्न घरदैलो अभियान शुरु गरेको छ । विदेशबाट फर्केका नागरिकको होम क्वारेन्टाइन बसाई, उनीहरु तथा उनीहरुको परिवारको स्वास्थ्य अवस्था लगायत जानकारी लिन गाउँपालिकाले घरदैलो अभियान शुरु गरेको हो ।

नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि हालसम्म विभिन्न देशबाट घर फर्किएका ३३ जना स्थानीयवासीको घरमा पुगेर स्वास्थ्य जाँच गर्दै उनीहरुको हालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १ : ४३ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी