भारतीय मजदूर भन्छन् – क्वारेन्टाइनमा बस्दा समस्या छैन « Khabarhub

भारतीय मजदूर भन्छन् – क्वारेन्टाइनमा बस्दा समस्या छैन


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- डडेल्धुरा अस्पतालको निर्माणाधीन भवनमा काम गर्दै आएका भारत उत्तरप्रदेश रामपुरका परितोस विश्वास घर (भारत) फर्किन यही चैत १९ गते कञ्चनपुरको भीमदत्तनगर आइपुगे ।

डडेल्धुराबाट भीमदत्तनगर आइपुगेका उहाँ सहित २६ जनाको मजदूरको टोली कोभिड–१९को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी भएपछि यही रोकियो ।

स्थानीय प्रशासनको निर्णयमा भीमदत्तनगरपालिकाले खानपिनको व्यवस्था गर्ने गरी ती मजदूर सहित २९ जनालाई यहाँको बैजनाथ इन्जिनीयरिङ कलेजमा राखिएको छ ।

“राति यहाँ पुग्दा मनमा धेरै कुरा खेलिरहेको थियो ।” सशस्त्र प्रहरीको सुरक्षा घेरामा बसिरहेका भारतीय नागरिक विश्वासले भने, “यहाँ सबै सुविधा दिएर राखिएकामा हामी हर्षित छौँ ।”

उनले बिहान, बेलुकी सधैँ समयमै खाना मिल्ने गरेको जानकारी दिए । “हामीलाई बसोबास र खानपिनको कुनै समस्या छैन,” उनले भने, “भारतमा लकडाउन खुलेपछि यहाँबाट जान पाए हुन्थ्यो भन्ने छ ।” विश्वासले आफू भारतमा रहेका परिवारसित नियमित सम्पर्क भइरहेको जानकारी दिए ।

“डडेल्धुरामा पनि बस्नलाई केही समस्या थिएन ।” उनले भने, “साग तरकारीका लागि हिँडेर गाउँ पस्ने अवस्था नदेखिएपछि घर जान हिँडेका थियौँ ।”
त्यसैगरी बुटवलबाट घर जान हिँडेका भारतीय मजदूर जस्मन्तकुमार पनि यही क्याम्पमा १० दिनदेखि आश्रय लिइरहेका छन् ।

“हाम्रो स्वास्थ्य परीक्षण पनि नेगेटिभ आएको सुनिएको छ,” उनले भने, “यहाँ बसेका भारतीयमा कुनै खालको रोग, बिरामी छैन ।”

बुटवलमा यातायात चलिरहेका बेला आफू घर जान निस्केको बताए ।

“सबै हिसाबले त सङ्क्रमण नहट्दा यही बस्न पाए हुन्थ्यो भन्ने हो,” उनले भने, “यत्तिको सुविधामा बस्दा पनि घरका अभिभावकले बोलाएर हैरान बनाएका छन् ।”

त्यसैगरी भारतको रामपुरकै सुकेन रायले आफूले यहाँको आरामदायी बसाइँले घरको तिर्सना मेटेको बताए । “यहाँको खानपिन र बसोबासका साथै वरिपरिको वातारणले आफ्नै घर जस्तो लागिरहेको छ,’ उनले भने, “अहिले आफ्नै देशमा छु जस्तो लाग्दैछ ।” उनले भारतीय नागरिक भनेर यहाँ कसैबाट कुनै प्रकारको विभेद र भेदभाव नरहेको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १ : ४८ बजे

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार