कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीलाई गृह जिल्ला पुर्‍याइँदै | Khabarhub Khabarhub

कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीलाई गृह जिल्ला पुर्‍याइँदै


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरुको गृह जिल्ला पुर्‍याइने भएको छ ।

कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरुलाई गृह जिल्ला पु¥याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

उनका अनुसार झापामा करीब ३५० विद्यार्थी बाहिर अन्य जिल्लाबाट आएर अध्ययन गरिरहेका छन् ।

“लकडाउनका कारण विद्यार्थी समस्यामा रहेकाले उनीहरुलाई आआफ्नो घरमा पु¥याउने समितिको निर्णय भएको छ”, उनले भने  “चाँडै उनीहरुलाई घर पु¥याइने व्यवस्था गर्दै छौँ ।”

त्यस्तै, झापामा राहत वितरणमा एकरुपता ल्याउन मापदण्ड बनाउने तयारी थालिएको छ । राहत वितरणमा गाउँपालिका र नगरपालिकाले टोल विकास संस्थालाई परिचालन गर्ने, राहत पाउने परिवार छनोटका लागि वडास्तरीय सर्वदलीय सर्वपक्षीय संयन्त्र गठन गरेर वास्तविक विपन्न परिवारको पहिचान गरी राहत वितरण गर्ने व्यवस्था गर्न प्रदेश सरकारसँगको सहकार्यमा मापदण्ड बनाउने तयारी थालिएको संयोजक पोर्तेल बताउँछन् ।

जिल्लामा किसानलाई आवश्यक सिँचाइ प्रयोजनका लागि डिजेल, खाद्यान्न उद्योग तत्काल सञ्चालन गर्ने आपूर्ति सहज बनाउने, इन्धन आपूर्तिको व्यवस्था मिलाउने, सीमा क्षेत्रमा आवतजात रोक्न स्थानीय नागरिकहरुको सहभागितामा नागरिकस्तरको नागरिक समूह गठन गर्ने लगायतका काम भइरहेको छ ।

झापाका १५ वटा स्थानीय तहले स्थापना गरेको राहत कोषमा हालसम्म रू पाँच करोड २२ लाखभन्दा बढी रकम जम्मा भइसकेको संयोजक पोर्तेलले जानकारी दिए । उनका अनुसार स्थानीय तहले ३३ हजार विपन्न परिवारलाई सात लाख केजी चामल वितरण गरिसकेको छ । साथै, दाल, नून, खानेतेल, साबुनलगायत सामग्री समेत वितरण गरिएको छ ।

झापामा ७०० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ भने नौ जनाको कोरोना स्वाब परीक्षण गरिएको छ । जसमध्ये आठ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  २ : ०४ बजे

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा ‘तमोरकली’

पर्वतीय पर्यटनका पथप्रदर्शकलाई तालिम

गण्डकी– नेपाल पर्वतारोहण सङ्घ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड,

युक्रेन वार्ताका लागि अमेरिकी विशेष दूत रुस जाने

मस्को– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ युक्रेनी

साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड

रियाद- साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका

तनहुँको आँबुखैरेनी नजिकै खस्यो यात्रुबस

काठमाडौं– एउटा यात्रुबस मुग्लिङ-पाेखरा सडकखण्डकाे ऐना पहराबाट खसेको छ। दुर्घटनामा २