कोरोना नियन्त्रणका छुट्टै संयन्त्र आवश्यक नरहेको सुझाव आएको छ– कानून मन्त्री तुम्बाहाङ्फे « Khabarhub

कोरोना नियन्त्रणका छुट्टै संयन्त्र आवश्यक नरहेको सुझाव आएको छ– कानून मन्त्री तुम्बाहाङ्फे


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कोरोना भाइरस रोकथाम र उपचारका लागि छुट्टै संयन्त्र आवश्यक नरहेको सुझाव राजनीतिक दलका नेताहरुबाट प्राप्त भएको जनाएकी छन् ।

मन्त्री तुम्बाहाङ्फेले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट प्राप्त सो सुझाव रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेकी छन् । यही चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलहरुसँग समन्वय गर्ने जिम्मा कानुन मन्त्रीलाई दिएको थियो ।

मन्त्री तुम्बाहाङ्फेले भनिन् ‘जननिर्वाचित संसद रहेको अवस्थामा छुट्टै संयन्त्र आवश्यक छैन भन्ने राजनीतिक दलहरुको सुझाव रह्यो ।’ राजनीतिक दलका नेताहरुले स्वास्थ्य सामग्री छिटो प्रक्रिया पुर्‍याएर ल्याउन र सम्बन्धित निकायमा वितरण गर्न, तथ्याङ्क सङ्कलन तथ्यगत रुपमा गर्न, राहत वितरण व्यवस्थित गर्न र तीनै तहको प्रशासन संयन्त्रलाई सक्रिय बनाउनुपन पनि सुझाव दिएका थिए । ती सुझालाई मन्त्रिपरिषद्मा पेश गरिने उनले जानकारी दिइन् ।

नेताहरुले सीमाबाट आएकालाई व्यवस्थित क्वारेन्टाइनमा राख्न, सङ्क्रमित व्यक्तिलाई सेवा दिने एम्बुलेन्स चालकलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन, सीमा क्षेत्रमा सुरक्षकर्मीको उपस्थिति वृद्धि गर्दै सक्रिय बनाउन र कालोबजारीलाई कडाइका साथ रोक्न पनि सरकारलाई आग्रह गरेका छन् ।

मन्त्री तुम्बाहाङ्फेले शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुख्य सचेतक देव गुरुङ, नेपाली काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड, समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया, राष्ट्रिय जनता पार्टीका प्रमुख सचेतक लक्ष्मणलाल कर्णसहित नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसँग सुझाव लिएकी थिइन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ६ : ५६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित