एपीएफले जित्यो महिला भलिबलको उपाधि « Khabarhub

एपीएफले जित्यो महिला भलिबलको उपाधि


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- ढोरपाटन महिला डलब लिग भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपीएफ क्लबले जितेको छ । एक खेल अगाडीनै उपाधि जितेको एपीएफ क्लबले आइतबार भएको लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई २५–१८, २५–२०, १९–२५, २५–१५ को सेटमा हराउँदै उपाधि जितेको हो ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल महिला भलिबल टोलीलाई २६–२४, २०–२५, २५–१२, २५–१४ को सेटमा स्तब्ध बनायो । विजेता एपएिफले १४ खेलबाट ४२ अंक बनाएको थियो ।

दोस्रो भएको पुलिसले ३४ अंक बटुल्यो । तेस्रो भएको हार्मीले ३२ अंक जोड्यो । उपाधिसँगै एपीएफले तीनलाख ५० हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता पुलिसले दुई लाख र तेस्रो भएको आर्मीले एक लाख रुपैयाँ प्राप्त गर्यो ।

एपीएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, आर्मीकी शान्ती थारु उदियमान खेलाडी, पश्चिमाञ्चलकी अरुणा शाही वर्ष खेलाडी, पुलिसकी कोपिला राना प्लेय अफ दि सिरिज र गोरखाका भीम प्रसाद देवकोटा भाग्यमानी दर्शक भए । उनीहरु सबैले सुजुकी स्कुटर पाए ।

यसैगरी पुलिसकी उशा भण्डारी उत्कृष्ट स्पाइकर, पुलिसकै कमला पुन सेटर, आर्मीकी सोफिया पुन ब्लकर, आर्मीकी सुनिता खड्का क्विकर, पुलिसकी शान्ति तामाङ डिफेन्डर, एपीएफकी नेविका चौधरी सर्भर र एपीएफकै ज्ञानेन्द्र बिष्ट उत्कृष्ट प्रशिक्षक भए । उत्कृष्टले जनही ६ हजार रुपैयाँ प्राप्त गरे ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ६ : ४६ बजे

अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा

एमालेको निर्वाचन तालिका : तीन दिनमा सकिने महाधिवेशन थप तीन दिन लम्बिने निश्चित

काठमाडौं- नेकपा (एमाले) का ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन कार्यक्रम

बिहारका नितिन नबीन बने भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष

नयाँदिल्ली- बिहार सरकारका मन्त्री नितिन नबीनलाई भारतीय जनता पार्टी (बीजेपी)

नेपालका परम्परागत खेलको संरक्षण र संवर्द्धन गर्नुपर्छ : मन्त्री नेपाल

काठमाडौं– बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरू