लकडाउन उल्लघंन गर्ने १९ सय ६० जनालाई कारबाही « Khabarhub

लकडाउन उल्लघंन गर्ने १९ सय ६० जनालाई कारबाही


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकामा लकडाउन उल्लघंन गर्ने १९ सय ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रहरीले शनिबार ५ सय ४१ महिला सहित १९ सय ६० जनालाई नियन्त्रणमा लिएको हो।

शनिबार विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै २ सय ६६ वटा दुई पाङ्ग्रे र १० वटा चारपाङग्रे गरी २ सय ७६ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट १७ सय ८६ जनालाई नियन्त्रणमा लिएको छ भने ललितपुरबाट १ सय ६० र भक्तपुरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ ।

लकडाउन उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ०४ बजे

‘बालेनलाई नेता स्वीकारिसक्यौँ, चुनावपछि प्रधानमन्त्री बनाउन एकमत छौँ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र

कुलमानले भने- पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्त्वपूर्ण छ

कास्की– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको

कार्यकाल बाँकी हुँदै उपसभामुखको राजीनामा, गाडीसमेत बुझाएर सिंहदरबार छाडिन्

काठमाडौं- पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा

कुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथ स्नान (तस्बिरहरू)

काठमाडौं– यस वर्षको दशैंमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको