विप्लवलाई जेलमा बसाएर भएपनि राजनीतिको मूलधारमा ल्याइन्छ– प्रधानमन्त्री ओली (भिडियो सहित) | Khabarhub Khabarhub

विप्लवलाई जेलमा बसाएर भएपनि राजनीतिको मूलधारमा ल्याइन्छ– प्रधानमन्त्री ओली (भिडियो सहित)


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र महिनाभित्र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अतिवादी विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिइ छाड्ने  बताएका छन् । उनले  विप्लव सहज रुपमा नआए जेलमै बसाएर भएपनि राजनीतिको मूलधारमा ल्याउने दाबी गरेका छन् ।

सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको वैठकलाई सम्बोधन गर्दै ओलीले विप्लव नेतृत्वको नेकपाप्रति संकेत गर्दै नेता मार्न पठाउनेहरुलाई छूट दिन नसकिने पनि बताए ।

‘फलाने नेता मार्न भनेर मानिसहरु पठाउनेलाई सहज रुपमा छूट दिन सकिदैन,’ ओलीले वैठकमा भने ।

प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको समूहलाई राजनीतिक मुलधारमा ल्याउन कानूनी कारबाहीको बाटो अवलम्बन गर्ने पनि बताए । ‘सहज रुपमा आउनुहुन्छ भने आउनुहुन्छ, होइन भने जेलमा बसेर आउनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जेलमा बसाएर भए पनि हामी मूलधारमा ल्याउँछौ ।’

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई अगाडि बढाइने पनि बताए । ओलीले आज (सोमबार) बस्ने मन्त्रिपरिषद् वैठकले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने सम्बन्धमा सिफारिस समिति गठनको निर्णय गर्ने संभावना रहेको पनि बताए ।

‘शान्ति प्रक्रियालाई लामो समयसम्म जान दिएर कसैको खेल्ने मैदानको रुपमा शान्ति प्रक्रिया रहन दिँदैनौ,’ ओलीले भने ।

सरकारले २५ वर्षे भिजन ल्याउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाँडै नै पञ्चवर्षीय विकास योजना र २५ वर्षे दीर्घकालीन भिजन लिएर आउने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले सरकारले देशलाई नयाँ गतिमा लैजाने गरी नीति बनाउने बताए । ‘सरकारले आगामी विकास कार्यक्रमका लागि नीति कार्यक्रम र बजेट निर्माणका काम थालेको छ । हामीले १५ औं पञ्जवर्षीय योजना बनाउँदैछौं । यो सँगै दीर्घकालीन भिजन पनि प्रस्तुत गर्दैछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘दीर्घकालीन भिजन भनेको विक्रम सम्वत २०७५ देखि २१०० सम्मको हुनेछ । यो २५ वर्षे भिजनमा देश विकासको नीति समावेदश हुनेछ । हामीले नयाँ नीति चल्ते चलातेहे प्रकृतिको नभई नयाँ गतिमा लैजाने प्रकृतिको बनाउँछौं ।’

विकासले गति लिएन भनेर आत्तिनुपर्ने अवस्था अहिले नरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारको नीति स्पष्ट भएपनि केही बजेट अभाव भएको हुनसक्ने बताए । उनले यो समस्यालाई आगामी दिनमा व्यवस्थित बनाउँदै लैजाने पनि बताए ।

सरकारले अघि बढाएको नेपालको पानी जनताको लगानीजस्तै कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्ने बताए । यो अभियानमा जनताको सहभागिता देख्दा आम नेपाली नेपालको विकासका लागि प्रतिबद्ध रहेको र लगानी गर्न इच्छुक देखिएको भन्दै ओलीले विकासको क्रम विस्तारै हुने भएकाले आत्तिनुपर्ने अवस्था नआएको बताए ।

सत्तारुढ दल नेकपाको विरोध हुने गरेको आफूले पाएको बताउँदै ओलीले भने, ‘अन्य दलको पार्टी कार्यालयमा अन्य दलकै कार्यकर्ताले नेकपाको विरोध गरेको सुनेको छु । उनीहरु जनतासमक्ष गए विरोध गर्ने कुरै आउँदैन । अर्को दलको कार्यालयमा हुने विरोध भनेको विपक्षी दलकै हो ।’ प्रतिपक्षमा रहेका दलले आफूलाई राम्रो बनाउन नेकपा अलोकप्रिय बन्दै गरेको बताएपनि जनताले त्यसलाई नपत्याउने ओलीले बताए ।

के भने प्रधानमन्त्रीले बाँकी भिडियो सहित

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १ : ५७ बजे

जाँचबुझ आयोगलाई आईजीपी खापुङले बुझाए स्पष्टीकरण

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङले सरकारले गठन गरेको जाँचबुझ

‘नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य’

काठमाडौं – चिकित्सकले निर्धारित समय अघि नै जन्मिएका नवजात शिशुको

काभा यु–१९ महिला भलिबलः नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं – श्रीलङ्काको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा)

विमलाको ह्याट्रिक, आर्मी सेमिफाइनलमा

झापा- विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई

एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटको राजीनामा