अमेरिकामा कोरोनाभाइरसले ज्यान गुमाउनेको संख्या २० हजार ५ सय नाघ्यो « Khabarhub

अमेरिकामा कोरोनाभाइरसले ज्यान गुमाउनेको संख्या २० हजार ५ सय नाघ्यो


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८३० बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २० हजार ५७७ पुगेको छ ।

अमेरिकामा एकैदिन २९ हजार ९७९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ३२ हजार ८५५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३० हजार ४५३ जना उपचारपछि निको भएका छन् । ११ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको छ । ४ लाख ८१ हजार ८२५ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ८ हजार ७७० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १७ लाख ७८ हजार ९ सय भन्दा बढी रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ६ : १० बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु