अमेरिकामा कोरोनाभाइरसले ज्यान गुमाउनेको संख्या २० हजार ५ सय नाघ्यो « Khabarhub

अमेरिकामा कोरोनाभाइरसले ज्यान गुमाउनेको संख्या २० हजार ५ सय नाघ्यो


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८३० बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २० हजार ५७७ पुगेको छ ।

अमेरिकामा एकैदिन २९ हजार ९७९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ३२ हजार ८५५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३० हजार ४५३ जना उपचारपछि निको भएका छन् । ११ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको छ । ४ लाख ८१ हजार ८२५ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ८ हजार ७७० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १७ लाख ७८ हजार ९ सय भन्दा बढी रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ६ : १० बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज

भिजिट भिसा प्रकरण: तीर्थराज भट्टराईलाई २५ लाख धरौटी माग्ने आदेश

काठमाडौं- भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा